चौँरीपालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या
नेपालबहस संवाददाता
कात्तिक २३, २०८० बिहिबार १२:४५:३४
२३ कात्तिक, रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ ।
दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पुस्तादेखि चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन् ।
यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो । पछिल्लो समय चौँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरीपालक किसानको वृद्धि भएको स्थानीय बताउँछन् ।
चौँरीपालनबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानले पनि चौँरी पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताए । शैलुङ क्षेत्र उच्च लेकाली भू–भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौँरीपालन तर्फ आर्कषित भएका उनको भनाइ थियो ।
हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन् । “वर्षादको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ । तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ”, योञ्जनले भने, “हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ ।”
चौँरीपालक किसानले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उनले बताए । हाल किसानले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर चौँरी चराउने गरेका छन् ।
चौँरीपालक किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा–१ राजभिरका फर्वा शेपाले गुनासो गरे । विगत वर्षमा शैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उनको भनाइ थियो ।
पछिल्लो समयमा चौँरीपालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए ।
समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके शैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो । स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार