आज नेवार समुदायमा म्ह पूजा, के छ यसको महत्व ?
नेपालबहस संवाददाता
कात्तिक २८, २०८० मंगलबार ९:४:१८
२८ कात्तिक, काठमाडौं । तिहारको चौथो दिन मंगलबार म्ह पूजा र गोवर्धन पूजा गरी मनाइँदै छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका व्यक्तिहरूले आत्म (म्ह) पूजा गर्ने गरेका छन् ।
यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेको छ । देशभरका धेरै नेवार समुदायले भने आज मंगलबार नेपाल संवत्को नयाँ वर्ष र म्ह (आत्म) पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्ह) पूजा आज गर्नुपर्ने जनाएको छ ।
सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् सुरू भएको दिन नेवार समुदायमा ‘म्ह पूजा’ गर्ने चलन छ । म्ह पूजा नेपाल भाषाको शब्दावली हो र यसको अर्थ हुन्छ, शरीर पूजा । ‘म्ह’ को अर्थ शरीर हो । त्यसैले शरीरको पूजा नै म्ह पूजा हो ।
नयाँ वर्षको पहिलो दिन आफ्नै शरीरलाई पूजा गर्ने परम्परा आफैंमा विशिष्ट र मौलिक छ । यसलाई विशेषतः काठमाडौं उपत्यकामा ठूलो उत्साह र भावनाले मनाइने गरिन्छ । अचेल यो क्रम पनि बढ्दो छ । यस दिन गोवर्धन भनी गोवर्धन, बहर र बलिराजाको पनि पूजा गरिन्छ ।
द्वापरयुगभन्दा पहिले गोकुलवासीहरूले देवराज इन्द्रको पूजा गर्ने चलन थियो । द्वापरयुगमा भगवान् कृष्णले गोकुलवासीहरूलाई इन्द्रको पूजा गर्न बन्द गर्न लगाई गोवर्धन पूजा गर्न लगाएका थिए । यसले गर्दा स्वर्गको राजा इन्द्र रिसाई ठूलो वर्षा गराएका थिए । तर कृष्णले भने गोवर्धन पर्वतलाई नै उचाली गोकुलवासीहरूलाई त्यस वर्षाबाट बचाई इन्द्रको घमण्ड चुर गरेका थिए । त्यसपछि इन्द्र आफैं आएर भगवान् कृष्णको दर्शन गरेको र त्यसै समयदेखि गोवर्धन पूजा गर्ने प्रचलन रहेको पौराणिक कथन छ ।
सरकारले अबदेखि सरकारी कागजातमा नेपाल संवत राख्ने भएको छ । सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको हो । नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ ।
नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार
मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
असोज ५, २०८१ शनिबार
बालबालिकाका लागि रचनात्मक तथा नवप्रवर्तनीय कार्यमा ध्यान दिन्छौं
असोज ५, २०८१ शनिबार
नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया
असोज ५, २०८१ शनिबार
मार्फामा ५१ औँ थाक खेलकुद प्रतियोगिता सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार