फुटबलमा ५ नम्बर प्रदेशको विजयी सुरुवात
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार २०:३५:३८
नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत खजुराको डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । गण्डकीका टीकाराज गुरुङले २६ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।
३६ मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेश विजयी भयो ।
डीगाउँको आदर्श आधारभूत विद्यालयको मैदानमा भएको पुरुष फुटबलको पहिलो खेलमा फाउल धेरै भए । खेलमा रेफ्री गणेश चौधरीले ५ वटा पहेलो कार्ड देखाए । ५ नम्बर प्रदेशका विनोद केसी, दिपेन्द्रसिंह ठकुरी र विवेक पुन तथा गण्डकीका अनिल गुरुङ र लक्ष्मण जिसीले पहेलो कार्ड पाएका थिए ।
गण्डकीका प्रशिक्षक शम्भु केसीले रेफ्रीले खेलाडीलाई ‘कन्ट्रोल’मा राख्न नसकेको प्रतिक्रिया दिए । उनले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । ५ नम्बर प्रदेशका प्रशिक्षक श्याम श्रेष्ठले आफ्नो टीमले राम्रो खेलेको र केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा जीतको अन्तर कम भएको बताए।
अपरान्ह ४ बजे एपीएफ र १ नम्बर प्रदेशका बीचमा खेल हुनेछ । खजुरामा समूह ‘क’ का टीमले खेल्दैछन् । यो समूहमा १, ३, गण्डकी, ५ नम्बर र एपीएफ रहेका छन् । अर्को समूहको खेल रुपन्देहीमा भइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !
जेठ १०, २०८१ बिहिबार
नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !
जेठ १०, २०८१ बिहिबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार