भूकम्पपीडितका लागि अस्ट्रेलिया र युरोपेली संघको गरी करिव ३४ करोड सहयोग आउने
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८० बिहिबार २०:४:११
३० कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका दातृ निकायबाट सहयोगको घोषणा हुने क्रम जारी छ । भूकम्पपीडितका लागि अस्ट्रेलियाले पनि आर्थिक सहयोग घोषणा गरेको छ । अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब पाँच करोड १८ लाख रुपैयाँ) सहयोगको घोषणा गरेको नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ ।
अहिलेको कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको उल्लेख गर्दैै दूतावासले सो सहयोगले मानवीय सहायता सामग्री र पुनर्निर्माणका काममा टेवा दिने विश्वास व्यक्त गरेको छ । अस्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वोङले पश्चिम नेपालका भूकम्पपीडित समुदायहरूका लागि ६ लाख अस्ट्रेलियाली डलर सहयोगको घोषणा गर्नुभएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ ।
यो सहयोगले जीवनरक्षा गर्ने सामग्रीहरू, मानवीय सहायता सामग्रीहरू र पुनर्निर्माणका कामहरूमा टेवा दिनेछ । यो कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा उसले भनेको छ । यस्तै युरोपेली संघ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ ।
अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार