धनगढीमा आगलागीबाट करिब १८ करोडको क्षति
नेपालबहस संवाददाता
मंसिर २, २०८० शनिबार १४:२१:५३
२ मंसिर, धनगढी । कैलालीको धनगढीमा शनिबार बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको आगो अरुतिर पनि सल्केको थियो ।
राति करिब १ बजेतिर विद्युत् सर्ट भएर लागेको आगलागीबाट सो गोदामसहित अस्पताल र अन्य पसलमा क्षति भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट सारथी अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुविधा इन्टरप्राइजेजको एक करोड ३० लाख रुपियाँ बराबरको मालसामान नष्ट भएको छ ।
यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सु सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कनेक्सनको ६० लाख रुपियाँ बराबरको क्षति भएको छ । यसैगरी, सुभिच्छा बेबी सपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपियाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपियाँ बराबरको स्कुटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
विद्युत् तार सर्ट भएर भीषण आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेनाको टोली आगो निभाउनका लागि खटेको थियो । यसैगरी, आगो निभाउन धनगढी उपमहानगरपालिकाको दुई, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकल प्रयोग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि खुसी
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार