छठपर्व मनाउने पहाडिया समुदाय बढ्दै
नेपालबहस संवाददाता
मंसिर ३, २०८० आइतबार १५:०:६
३ मंसिर, चितवन । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने भन्दै पहाडिया समुदायका व्यक्ति पनि यस पर्वलाई मनाउन थालेका हुन् । तराई सामुदायीक सेवा समितिले हरेक वर्ष नारायणी नदी किनारमा छठपर्व मनाउँदै आएको छ ।
यहाँ पूजा गर्न आउनेको सङ्ख्या बर्सेनी बढ्दै गएको समितिका सल्लाहाकार राजकुमार गुप्ताले बताए । उनले भने “तराई मुलकासँगै पाहाडिया समुदायका व्यक्तिमा पनि छठपर्वको महत्त्व बढ्दै गएको छ । अहिले ४५ प्रतिशत हाराहारी पाहाडिया समुदायका व्यक्तिले यो पर्वमा पूजा गर्ने गरेका छन् ।”
गुप्ताका अनुसार विसं २०२२ तिर नारायणगढमा छ÷सात घरले मात्रै छठपर्व मनाउने गरेकामा अहिले यो सङ्ख्या बढेको हो । प्रकृति र अदृश्य शक्तिसँग जोडेर सूर्य भगवानलाई पूजा गर्ने गरिएको उनको भनाइ थियो । उनले थपे “छठीमाईको पूजा गर्दा सन्तान प्राप्ति हुनुका साथै दीर्घरोग निको हुने विश्वासका साथ मनाइने गरिएको छ ।” छठपर्वप्रति आस्था र विश्वास बढ्दै गएको गुप्ताले बताए ।
व्रत बस्ने र छठीमातालाई प्रसाद चढाउनेको सङ्ख्या पाहाडिया समुदायमा बढ्दै गएको भन्दै उनले भने “पाहाडिया समुदायका व्यक्ति तराई समुदायका व्यक्तिकामा गएर पर्वको विधिबारे बुझ्ने र आफूले पनि मनाउने प्रचलन वढ्दै गएको छ ।”
नदी किनारमा बसी बालुवाको स्तुप बनाउने भन्दा प्रसाद चढाउन आउने पाहाडिया समुदाय धेरै रहेका समितिका सल्लाहाकार गुप्ताले जानकारी दिए । यसवर्ष नारायणी नदी किनारमा २५÷३० हजार भक्तजनले छठीमाईको पूजा गर्ने अनुमान गरिएको उनले बताए । समितिले पूजा व्यवस्थापनका लागि नदीको बगरमा त्रिपाल टाँगेर व्यवस्थित गरेको छ । व्रत बस्ने भन्दा हेर्न आउनेको सङ्ख्या निकै धेरै हुने उनले जानकारी दिए ।
भरतपुर–१० की जुना पौडेलले विगत पाँच वर्षदेखि छठीमाईको पूजा गर्दै आएको बताए । उनले भने “छठीमाईको वर्त बस्दा मनलाई शािन्त मिल्नुका साथै मनोकाङ्क्षा पूरा भएपछि हरेक वर्ष व्रत बस्ने गरेकी छु ।” आफू मात्रै नभइ अन्य दिदीबहिनी पनि परिवारको श्रीवृद्धि र दिर्घायुको कामना गर्दै छठपर्वको व्रत बस्ने गरेका उनको भनाइ थियो ।
भरतपुर–१९ की नवीना चौलागाईं ढकालले दुई वर्षदेखि छठपर्वको व्रत बस्न थालेको बताए । छठीमाईप्रति विश्वास भएकाले व्रत बस्न थालेको बताउँदै उनले व्रत बस्दा मनोकाङ्क्षा पूरा भएको अनुभव सुनाए । विधिपूर्वक व्रत बसेर आज अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य चढाउने, प्रसाद चढाउने गरेको उनले जानकारी दिए ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठपर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल भरि धुमधामका साथ मनाइँदैछ ।
छठपर्वका अवसरमा सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा प्रसिद्ध नदी तथा नहरको किनारमा अघ्र्य चढाउने गरिन्छ । छठपर्व सत्य तथा अहिंसाप्रति मानवको रुचि बढाउन र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार