रेट्रो फिटिंग गरेको नयाँ कार्यालयमा सरे प्रधानमन्त्री
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १२:५९:१३
६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालय सारेका छन् । उनी सिंहदरबारको पश्चिम तर्फको रेट्रो फिटिंग भएको भागमा बनाइएको कार्यालयमा सरेका हुन् ।
०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिंग गरेर अहिले प्रधानमन्त्री त्यही कार्यालयमा सरेका हुन् । भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको हो । उनले पहिले बस्दै गरेको ठाउँ साघुरो भएकाले यो ठूलो स्पेस र फराकिलो भएकाले सरेको बताए ।
उनले पुनर्निर्माणलाई सक्न निरन्तर काम गर्ने सहरी विकास मन्त्रालय र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले भने– मलाई कता कता अहिले बसेको ठाउँमा बस्दा गुम्म परेको जस्तो, फ्रेस नहुनेजस्तो लाग्थ्यो । यो ठाउँमा आएपछि सबैतिर देखिने, स्पेसपनि ठूलो सबै कारणले अलि बढी फुर्छ होला दिमाग चाहिँ भन्ने मैले महशुस गरेको छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार