लागूऔषधसहित सुर्खेत र चितवनबाट पाँच जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १३:१३:२२
६ मंसिर, काठमाडौं । प्रहरीले लागुऔषधसहित सुर्खेत र चितवनबाट पाँच जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषधसहित सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा ५ जना मंगलबार पक्राउ परेका हुन् ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३६ वर्षीय बलभद्र खत्री समेत २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित राप्ती नगरपालिका-५ बस्ने २७ वर्षीय सुनिल तामाङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार