पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार सामान्य अवस्थामा फर्कियो
नेपालबहस संवाददाता
मंसिर ६, २०८० बुधबार १४:२४:३४
६ मंसिर, पेशावर 'पाकिस्तान' । इस्लामाबादले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा मागेपछि मंगलबार व्यापारिक यातायात ठप्प भएको थियो । बदलामा अफगानिस्तानले कुनै पनि ट्रकलाई पास गर्न अनुमति दिन अस्वीकार गर्यो ।
“हिजो पाकिस्तानले आफ्नो नयाँ नियम लागु गरेपछि अफगान पक्षले व्यापार स्थगित गरेर विरोध गर्यो”, पाकिस्तानका एक भन्सार अधिकारीले एएफपीलाई भने, “गए राति वाणिज्य मन्त्रालयलका अधिकारीहरूले अफगान अधिकारीहरूसँग एउटा वार्ता गरे र अफगान सवारी चालकहरूका लागि दुई साताको म्याद थप्ने सहमति गरे ।” ती अधिकारीका अनुसार पाकिस्तानले नयाँ नियम लागू गर्नुभन्दा पहिला नै दुई पटक स्थगित गरिसकेको छ ।
अफगानिस्तामा नानगर्हार प्रान्तका गभर्नरको मिडिया कार्यालयले सीमापार व्यापार पुनः सुरु भएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्समा भनिएको छ, “अफगानिस्तान र पाकिस्तानी अधिकारीहरूले वार्ता गरे र उनीहरूले यसको स्थायी समाधान खोजिने आश्वासन दिएका छन् ।”
हजारौँ अफगान आफ्नो देशमा अवैधरूपमा रहेको भन्दै पाकिस्तानले अफगान आप्रवासीहरूलाई निर्वासित गर्ने योजना घोषणा गरेपछि काबुल र इस्लामाबादबीच लामो समयदेखि खराब रहेको सम्बन्ध अक्टोबरदेखि अझ खराब भएको छ । अहिलेसम्म करिब तीन लाख ४० हजार अफगानलाई निर्वासित गरिएको वा स्वेच्छाले स्वदेश फर्काइएको छ ।
पाकिस्तानले राहदानी र भिसाधारी अफगानलाई मात्र मुलुकमा प्रवेश गर्न अनुमति दिइने जनाएको छ । यसबाट अफगानहरूलाई उनीहरूको राष्ट्रिय परिचयपत्रका साथ सीमा पार गर्ने अनुमति दिने दशकौँ पुरानो प्रचलन समाप्त हुनेछ ।
भूपरिवेष्टित अफगानिस्तान पाकिस्तानमा निर्मित सामान र पाकिस्तानको कराँची बन्दरगाहको माध्यमबाट आयातित विदेशी वस्तुहरू दुवैको आयातका लागि आफ्नो छिमेकी पाकिस्तानमाथि अत्यधिक निर्भर छ । यद्यपि ठूलो आर्थिक सङ्कटमा परेको पाकिस्तानले अफगानिस्तानबाट आउने सामानहरूमा भन्सारमुक्त देशमा प्रवेश गर्न दिँदा उसलाई हरेक वर्ष करोडौँ डलरको नोक्सान भएको बताएको छ ।
कतिपय वस्तुहरू सीमा पार गर्दैनन् तर कतिपय भने पाकिस्तानमा तस्करी गरेर अवैधरूपमा बिक्री गरिन्छन् । पाकिस्तानका अनुसार अफगानिस्तानबाट सञ्चालित विद्रोहीहरूबाट आक्रमणमा तीव्र वृद्धि भएपछि आफ्नो ‘कल्याण र सुरक्षा’ का लागि अवैध आप्रवासीहरूको सामूहिक निर्वासन आवश्यक भएको छ ।
पाकिस्तानको मुद्दा घरेलु मामिला भएको भन्दै अफगानिस्तानको तालिबान सरकारले आफूले विदेशी आतङ्कवादीहरूलाई आफ्नो भूमि प्रयोग गर्ने अनुमति नदिएको बताउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार