अल्का अस्पतालमा पुन लफडाः कुमार थापा दम्पत्ति विरुद्ध क्याप्टेन थापाले दिए किर्ते र ठगीको उजुरी
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १४:५४:५७
७ मंसिर, ललितपुर । २१ औं वर्षगाँठ मनाउने तयारी गर्दैगर्दा ललितपुरको जावलाखेल स्थित अल्का अस्पतालभित्र लगानीकर्ताहरु बीच लफडा उत्पन्न भएको छ । सञ्चालकमाथि नै किर्ते तथा ठगी प्रकरणको विवादमा उजुरबाजुर पर्न थालेपछि संस्थापन पक्ष मानिएका अस्पतालका अध्यक्ष कुमार थापा उर्फ तिलक बहादुर थापा र उनकै श्रीमती विद्या श्रेष्ठ थापा विरुद्ध अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापा कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी गर्न पुगेका छन् ।
सिम्रिक एयर र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बीचको लफडा नसल्टिँदै क्याप्टेन थापाको जुहारी शुरु भएको छ, ललितपुरको पुल्चोकस्थित अल्का अस्पतालका अध्यक्ष कुमार थापासँग । यी दुईको झगडाले उग्ररूप लिएर अहिले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरसम्म पुगेको हाे ।
२०५८ साल मंसिर ९ गते स्थापना भएको अल्का अस्पतालमा हर्ताकर्ता सञ्चालक मानिएका अध्यक्ष कुमार थापा दम्पत्ति कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी परेपछि किर्ते तथा ठगी प्रकरणमा पनि तानिने भयमा परेका हुन् । अस्पतालकै अर्का लगानीकर्ता समेत रहेका सञ्चालक रामेश्वर थापाले कम्पनी रजिस्ट्रारको कार्यालयमा गरेको उजुरीबाट लगानीकर्ताबीच विवाद रहेको सार्वजनिक भएको हो ।
कुमार थापाले तीन दशकअघि अल्का फार्मेसी खोलेका थिए छोरीका नाममा । ०५९ सालमा पोलिक्लिनिक हुँदै ०६२ सालमा त्यसलाई अस्पताल बनाए । १४ वर्षपछि शेयर होल्डर बनेर भित्रिए रामेश्वर थापा । उनी ०७६ साल साउनदेखि ४९ प्रतिशत शेयर स्वामित्व लिएर एस.एस.जी. इन्भेष्टमेन्ट कम्पनीमार्फत अल्कामा इन्ट्री भएका हुन् । जहाँ कुमार थापाको ५१ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३ सय ६४ कित्ता र रामेश्वरको एक कित्ता कम शेयर स्वामित्व रहेको छ । करिब ५० प्रतिशत लगानीका सञ्चालकलाई जानकारी नै नदिएर थापा दम्पतीले अस्पताल सञ्चालन गर्ने नाममा आर्थिक लगायतका सम्पूर्ण काम कारवाही आफू खुशी गर्न थालेपछि सञ्चालकबीच असन्तुष्टि चुलिँदै गएर विवाद कम्पनी रजिष्ट्रारको कार्यालयसम्म पुगेको हो ।
अस्पतालको आर्थिक लगायतका काम कारवाही विवादित देखिएको बताइन्छ । समाचार स्रोतका अनुसार रामेश्वर थापाको किर्ते दस्तखत गरी २०७७/०७८ को वार्षिक साधारण सभा सम्पन्न एवं सञ्चालक समिति गठन गरेको देखिएपछि यो प्रकरणले उजुरीको रुप लिएको हो । अल्काको सञ्चालक समितिमा तिलकबहादुर पुवर थापा (कुमार) अध्यक्ष, विद्या श्रेष्ठ थापा उपाध्यक्ष र निर्देशकका रूपमा क्याप्टेन रामेश्वर थापा छन् । थापाले आफ्नो तर्फबाट दुई जना शेयरधनी हुनुपर्ने र शेयर स्वामित्व ५०/५० प्रतिशत हुनुपर्ने माग राखेर उजुरी दिएका थिए । वार्षिक १० करोड बढी मुनाफा आर्जन गर्दै आइरहेको अल्कामा कुमार थापासँग सो शेयर संरचनामा बराबरी हैसियत र सञ्चालक समितिमा समान सुविधा माग्दै उनी त्रिपुरेश्वर बोकेर पुगेका हुन् ।
यसै विषयमा जानकारी लिन अस्पतालका अध्यक्ष समेत रहेका सञ्चालक कुमार थापा उर्फ तिलक थापा र अर्का सञ्चालक विद्या श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनीहरूको पनि मोवाइल स्वीचअफ पाइयो भने कम्पनी सचिव राजु थापाले सञ्चालकबीच विवाद रहेको स्वीकार गरे । उनले भने ‘सञ्चालकबीच विवाद रहेको पक्कै हो, पछिल्ला दुई बैठकमा रामेश्वरजी आउनु भएको छैन । सञ्चालक बीचको यो विवाद किर्ते र ठगीको सन्दर्भमा प्रहरीको क्षेत्राधिकारभित्र पर्छ पर्दैन, त्यो मलाई थाहा भएन ।’
स्मरणीय छ, अल्का अस्पतालका अध्यक्ष मानिएका कुमार थापा विभिन्न प्रकरणमा पटक पटक विवादमा छाइरहने व्यक्ति हुन् । यदि किर्ते तथा ठगी प्रकरण सही ठहरियो भने उनीमाथि कैदसम्मको सजाय हुन सक्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार