बङ्गलादेशले क्यानाडासँग रहमानको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १६:५७:४८
७ मंसिर, नयाँदिल्ली । बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने भएको छ ।
एएनआईसँग कुरा गर्दै क्यानाडामा बङ्गलादेशका उच्चायुक्त खलिलुर रहमानले भने, “हामी चुप लागेर बसेका छैनौँ, सिबिसी वृत्तचित्रमा नयाँ प्रमाणहरू आएपछि हामीले उनको चाँडै निर्वासनका लागि क्यानाडा सरकारसँग नयाँ अपिल गर्न गइरहेका छौँ ।”
रहमानका अनुसार नुर चौधरी करिब २८ वर्षअघि सन् १९९६ मा क्यानाडा गएका थिए र जघन्य अपराधमा दोषी हत्यारा भए पनि स्वतन्त्ररूपमा बस्दै आएका छन् । बङ्गलादेश सरकारले उनलाई निर्वासन गर्नका लागि विभिन्न उपाय खोजिरहेको छ ।
“हामीले सबै प्रकारले प्रयास गरिरहेका छौँ र फैसलाको सामना गर्न उनलाई बङ्गलादेशमा निर्वासनमा पठाउन क्यानाडा सरकारसँग अनुरोध गर्दैछौँ, यो न्यायिक प्रक्रिया अत्यन्त पारदर्शी र भयमुक्त रहेको छ, एमनेस्टी इन्टरनेसनलले पनि अभियुक्तहरूलाई निर्दोष बनाउने अवसरका लागि सबै सुविधा दिइएको प्रमाणित गरेको छ”, उनले भने । रहमानले मानवअधिकारको नाममा ‘दोहोरो मापदण्ड’ का लागि क्यानाडा र अन्य विकसित मुलुकहरूमाथि प्रश्न गर्नुभएको छ ।
“हाम्रा मित्रहरू 'क्यानाडा' वास्तवमा हाम्रा चिन्ताहरूको कदर गर्ने प्रयास गर्दैनन् र यो नै हाम्रो समस्या हो, क्यानाडा र अन्य केही विकसित देश सबै मानव आहारको संरक्षण र संवर्द्धनको कुरा गर्छन्”, उनले भने, “यी नुर चौधरीले मानवताविरुद्धको अपराधका साथै मानवअधिकारहरूको उल्लङ्घन गरेका छन्, अझै पनि उनीहरूले उनको संरक्षण गरिरहेका छन्, उनीहरू एउटा हत्याराको संरक्षण गरिरहेका छन् तर पीडित र पीडितका परिवारहरूसँग न्याय गरिरहेका छैनन्, यो वास्तवमा दोहोरो मापदण्ड हो ।” उच्चायुक्त रहमानले नुर चौधरीलाई निर्वासनका लागि क्यानाडा सरकारसमक्ष नयाँ अपिल गर्ने तयारी गरिरहेको जानकारी दिए ।
“उनी त्यो घरमा बस्छन् भन्ने हामीलाई थाहा थियो तर कहिल्यै उनी क्यामेरामा देखिएनन्, त्यसैले उनी क्यामेरामा देखिनु क्रान्ति मात्र थियो, हामी निष्क्रिय बनेका छैनौँ, प्रत्येक दिन, प्रत्येक क्षण हामीले यो मामिलालाई उठाइरहेका छौँ, क्यानाडाली अधिकारीहरूले पछिल्लो २८ वर्षदेखि कसलाई आतिथ्यता गरिरहेका छन् भनेर यो सिबिसी वृत्तचित्रमार्फत उनीहरू 'क्यानाडाली अधिकारी' सबैलाई थाहा छ”, उनले भने, “त्यसैले हामी प्रत्येक व्यक्तिसम्म पुग्नेछौँ र बङ्गलादेशमा उनको निर्वासनका लागि क्यानाडा सरकार एउटा अर्थपूर्ण संवाद गर्न बस्नुपर्छ भनेर नयाँ अपिल गर्नेछौँ ।”
रहमानका अनुसार नुर चौधरीका साथै अन्य धेरै दोषी अपराधी पनि क्यानाडामा स्वतन्त्ररूपमा बस्दै आएका छन् । यद्यपि ढाकाले यो विशेष मामिलालाई उच्च प्राथमिकता दिनेछ ।
“सन् २०१६ जुलाई १ मा बङ्गलादेशमा सबैभन्दा ठूलो हमलाका मुख्य योजनाकार क्यानाडामा पत्ता लागेको थियो”, उहाँले भन्नुभयो, “उनी यहाँबाट बङ्गलादेश गएका थिए, हामीसँग क्यानाडामा केही सजाय पाएकाको उपस्थितिको स्पष्ट प्रमाण छ र हामीले उनीहरूलाई बङ्गलादेश निर्वासनका लागि अनुरोध पनि गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार