बल्खुको आन्दोलन, मियो बिनाको दाइँ
नेपालबहस संवाददाता
मंसिर ७, २०८० बिहिबार १७:५:३७
७ मंसिर काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालको ब्यानरमा भएको प्रदर्शन मियो बिनाको दाइँ जस्तै देखिएको छ । अभियानका नाममा आएका प्रदर्शनकारीहरू एकाआपसमै अलमलिएका छन् । जसरी हुन्छ अशान्ति मच्चाउनु मात्र केही प्रदर्शनकारीहरूको ध्येय देखिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा भएको उक्त प्रदर्शन शान्तिपूर्ण हुने भनिए पनि बिहीबार दिनभर प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडपको अवस्था उत्पन्न भयो । राजधानीको विभिन्न स्थानबाट र्यालीसहित तोकिएको स्थान बल्खुमा भेला भएका प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेपनि प्रसाईं आफैं र केही झुण्डले आक्रामक बनाउन खोजेको देखियो ।
मुलतः प्रसाईं छिरेपछि भीड अनियन्त्रित हुन थालेको थियो । यद्यपि प्रहरीले सम्हाल्ने प्रयास गर्यो । प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि दुई पक्षीय झडपको अवस्था बन्दा प्रहरीलाई प्रदर्शनकारीले ढुङ्गा प्रहार गरे भने प्रहरीले अश्रु ग्याँस र पानीको फोहोरा प्रहार गरेर अवस्थालाई नियन्त्रण लिने प्रयास गरिरह्यो । यो अवस्थामा प्रहरीले निकै संयम अपनाएको देखियो ।
झडप हुँदा प्रहरी र प्रदर्शनकारीतर्फ नै केही व्यक्ति घाइते भए । दुवै तर्फ गरी डेढ दर्जन घाइते भएको हुनुपर्दछ । दिउँसो प्रसाईंले केहीबेर सम्बोधन गरे । उनका आक्रामक अभिव्यक्तिले भीडलाई तताउने काम गर्यो । उनले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाको विरोध गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मसमर्पण गरेर आउन आग्रह गरे ।
उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । उनले नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबी गरे । उनले एमाले अध्यक्ष केपी ओलीको पनि कडा आलोचना गरे । एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको संगीन आरोप समेत प्रसाईंले लगाए ।
उनले नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउनेसम्मको अराजक अभिव्यक्ति दिए । प्रसाईँले बोल्दा आन्दोलनकारीहरुले चर्को नाराबाजी गर्दै अघि बढ्न थालेपछि माहौल बिग्रिन सुरु भइसकेको थियो । यतिमात्रै नभई उनले सिंहदरबार र संसद भवनका साथै पुरै काठमाडौँ कब्जा गर्नेसम्मको अभिव्यक्ति दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार