हिन्द महासागरमा इजरायली पानीजहाजमा ड्रोन हमला
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १५:१६:२१
९ मंसिर, न्युयोर्क । इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ । अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो ।
गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम न छाप्ने सर्तमा एसोसिएटेड प्रेससँग कुरा गर्ने रक्षा अधिकारीले भने, ‘माल्टा–झण्डा भएको जहाजलाई त्रिकोण आकारको, बम बोक्ने शाहेद–१३६ ड्रोनले लक्षित गरेको हो ।
‘अन्तर्राष्ट्रिय जल क्षेत्रमा ड्रोन विस्फोट भयो, जहाजलाई क्षति पुर्यायो तर यसको चालक दललाई कुनै चोटपटक लागेन,’ ती रक्षा अधिकारीले भने । ‘हामी स्थितिलाई नजिकबाट अनुगमन गर्न जारी राख्छौं,’ अधिकारीले भने। अमेरिकी सेनाले आक्रमणको पछाडि इरानको हात रहेको विश्वास किन गर्यो भनेर ती अधिकारीले बताउन अस्वीकार गरे।
अल मायादीन एक प्यान अरब उपग्रह च्यानल, जुन राजनीतिक रूपमा इरान समर्थित लेबनानी समूह हिजबुल्लाहसँग सम्बद्ध छ, उसको रिपोर्ट अनुसार इजरायली जहाजलाई हिन्द महासागरमा लक्षित गरिएको थियो। सो च्यानलले रिपोर्टको लागि अज्ञात स्रोतहरू उद्धृत गर्दै समाचार प्रसारण गरेका थिए, पछि इरानी मिडियाले पनि समाचार बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार