आईजीपीको निर्देशन डीआईजीद्वारा उल्लंघन, पैसा असुलेर व्यापक सरुवा गरेको आरोप
नेपालबहस संवाददाता
मंसिर ९, २०८० शनिबार १७:६:२१
९ मंसिर, विराटनगर । प्रहरी प्रधान कार्यालयले वर्षौदेखि काजमा बसेर घुमुवाको रुपमा उठतीपुठतीमा संलग्न प्रहरी कर्मचारीलाई डण्डा लगाउन २४ घण्टे पुर्जी काटेर तुरुन्तै तोकिएको दरबन्दीमा जान देशभरका प्रहरी कार्यालयलाई सकुर्लर जारी गरेको मसी सुक्न नपाउँदै कोशी प्रदेश प्रहरी कार्यालयले त्यसलाई छल्न ठूलो बठ्ठयाई गरेको छ ।
आईजीपी बसन्तबहादुर कुवँरको विशेष चासोमा जारी भएको सो परिपत्रका विपरीत कोशी प्रदेशका डीआईजी राजेशनाथ बाँस्तोलाले भोलिपल्ट अर्थात मंसिर ५ गते ६० जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुको प्रदेश मातहत चलाखीपूर्वक सरुवा गरेर काजमा बस्नेहरूको दरबन्दी मिलान गरेका छन् । जसमा अधिकांश उनी र जिल्ला एसपीका घुमुवाका रुपमा कार्यरत छन् । यसलाई प्रहरी भित्र आईजीपीको निर्देशन डीआईजीले उल्लंघन गरेको चर्चा चलेको छ । साथै डीआईजीले उठतीपुठतीमा संलग्न आफ्ना घुमुवाहरुलाई जोगाउन खोजेको आरोप लगाइएको छ ।
तोकिएको दरबन्दीमा पदस्थापन वा सरुवा भएका प्रहरी कर्मचारीहरू प्रहरी प्रधान कार्यालयले पटक पटक ताकेता गर्दा पनि मातहतका प्रहरी कार्यालयहरूले रवाना गर्ने तर्फ कुनै चासो नदेखाएको पाइएकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै गत मंसिर ४ गते कडा परिपत्र जारी गरेको थियो । जिल्ला एसपी वा प्रदेश डीआईजीको रुचीमा एक ठाउँमा दरबन्दी भएपनि आकर्षक ठाउँमा काजमा बसेर घुमुवाको रुपमा खटाउने प्रचलन कायम थियो । तर अब त्यसरी आफ्नो ठेकिएको दरबन्दीमा २४ घण्टा भित्र प्रसूति र क्रिया बिदा बाहेक अरू बिदा नदिई रवाना गर्न आदेश गरिएको थियो ।
त्यसरी रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको भन्दै तत्कालै रवाना लिन निर्देशन दिएको थियो । करिब ३ हजार भन्दा बढी प्रहरीहरू सोर्स र शक्तिकेन्द्रको आडमा विभिन्न स्थानमा काजमा बसेका छन् ।
कोशी प्रदेशका डीआईजी बाँस्तोलाले हेडक्वार्टरको आदेश छल्न हतार हतार गत मंसिर ५ गते ६० जना वरिष्ठ सई, लगत्तै ०६ गते ७७ जना सई, ७ गते ४४८ जना असई र ८ गते २२४३ जना प्रहरी जवानहरुको सरुवा गरि घुमुवा बचाउने र पैसा असुल्ने धन्दा चलाएको कोशी प्रदेश प्रहरीहरू बीच चर्चा हुने गरेको छ । प्रतिव्यक्ति मोटो रकम असुलेर गरिएको यो सरुवामा त्यहीको त्यही अर्थात प्रदेश कार्यालयबाट मोरङ, सुनसरी, झापा जस्ता कमाउ जिल्लामा सरुवा गरिएको दावी समाचार स्राेतकाे छ । कसैलाई गणबाट जिल्ला, कसैलाई प्रदेश, तालिम केन्द्रबाट जिल्ला र जिल्लाबाट प्रदेश,गण वा तालिम केन्द्रमा सरुवा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो वेभ साइटमा राखेको सरुवा सूचनाबाटै स्पष्ट हुन्छ ।
प्रधान कार्यालयले यदि उनीहरूको ट्रयाक रेकर्ड हेर्ने हो भने १२/१५ वर्ष तराई मधेशबाट पहाड सरुवा नहुने अथवा भएर पनि काजमा तराई कै जिल्लामा घुमुवा बस्नेहरू को को हुन भन्ने स्पष्ट हुन्छ । कोशी प्रदेशको यो फट्याईलाई हेडक्वार्टरले कसरी लिन्छ र डीआईजी माथि कस्तो एक्सन लेला भन्ने कौतुहलता प्रहरीहरू बीच चलेको छ ।
उदाहरण कै लागि कोशी प्रदेश प्रहरी कार्यालय दरबन्दी भई मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका घुमुवाका रुपमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटवालको उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्डको रुपमा सरुवा गरिएको छ । उनले मोरङका सीमा प्रहरी कार्यालय तथा मातहतबाट तस्करहरूसँगको सेटिङमा व्यापक लुट मच्चाएको समाचार यस अघि नै नेपालबहसले प्रकाशित गरिसकेको छ । त्यस्तै अर्का वरिष्ठ सई श्याम सुवेदीको प्रदेश कार्यालयबाट मोरङ जिल्लामा सरुवा गरिएको छ । केही वर्ष अघि घुमुवाकै रुपमा कार्यरत सुवेदीले प्रदेशको उजुरी शाखामा बसेर जिल्ला, इप्रका तथा सीमा चौकीका घुमुवासँग सेटिङ मिलाउने धन्दा संचालन गर्दै आएका थिए । डीआईजी बाँस्तोलाका विश्वासप्राप्त सुवेदीले प्रदेशको घुमुवाको रुपमा पनि काम गर्दै आएको बताइन्छ ।
यस सम्बन्धमा डीआईजी बाँस्तोलासँग जिज्ञासा राख्दा उनी शुरुमा आक्रोशित हुँदै “जे समाचार आएको हो लेखिदिए हुन्छ भन्दै आफूले कुनै अपराध नगरेको यदि गरेको ठर्हछ भने जेल हाल्दिए हुन्छ ।” हेडक्वार्टरको निर्देशन र समन्वयमा आफूले सरुवा निकालेको दावी गर्दै डीआईजी बाँस्तोलाले प्रहरीको सरुवा सम्बन्धि मापदण्डको पूर्ण पालना गरिएको बताए । सरुवामा नातावाद, कुपावाद र पैसावादको कुनै गुञ्जायस नहुने बताउँदै उनले पुलिसिङ र ननपुलिसिङका आधारमा सरुवा गरिएको दावी गरे । प्रहरीमा पनि भ्रष्ट, अनैतिक र अवसरवादी केही प्रहरी कर्मचारी रहेकोले उनीहरूले नै प्रहरीलाई बदनाम गराउन खोज्ने भएकाले पत्रकारहरू पनि सचेत हुनुपर्ने बताए ।
यसैगरी दीपककुमार यादवको मोरङ जिल्लाबाट कोशी प्रदेश प्रहरी गण मोरङ मै सरुवा भएको छ । चन्द्रशेखर शिवाकोटीको मोरङ जिल्लाबाट तालिम केन्द्र मोरङ, मुन्ना डाँगीको मोरङ गणबाट सुनसरी, राजेन्द्र पासवान, असई भक्त विष्ट पनि सुगमबाट सधैं सुगम मै सरुवा गरिएको छ । असई विष्ट हबल्दारदेखि नै झापा, मोरङ र सुनसरीका कमाउ जिल्लाहरूमा घुमुवा बसेर कुस्त कमाएका प्रहरी कर्मचारी हुन् । सबैतिर सेटिङ मिलाउन माहिर ठानिएको उनी डीआईजीदेखि डीएसपीसम्मको घुमुवा बसेर रजगज गर्ने प्रहरीका रुपमा चिनिन्छन् ।
यस्तो छ कोशी प्रदेश प्रहरी कार्यालयले गरेको वरिष्ठ सई, सई, असई र जवानहरूको सरुवाः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार