रणदिप हुड्डा १० बर्षे कान्छी मोडेलसँग विवाह गर्दै, विवाह पैराणिक कथा अनुसार हुने
नेपालबहस संवाददाता
मंसिर १०, २०८० आइतबार ११:७:५४
१० मंसिर, मुम्बइ । बलिउड अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनयता आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । तर अब अभिनेताले अन्ततः आफ्ना फ्यानहरूलाई खुसीको खबर साझा गरेका छन्।
हो, रणदीप हुड्डाले सामाजिक सञ्जालमा प्रेमिका लिन लैशरामसँग आफ्नो विवाहको घोषणा गरेका छन् । इन्स्टाग्राममा विवाहको कार्ड सेयर गर्दै रणदीपले विवाहको मिति र स्थानबारे जानकारी दिएका छन् ।
अभिनेता रणदीप हुड्डाले आफ्नो आधिकारिक इन्स्टाग्राम विवाहको विवरण प्रशंसकहरूसँग साझा गरेका छन्। आफ्नो पोस्टमा महाभारतलाई जोड्दै रणदीपले अर्जुनले मणिपुरकी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए भने हामी पनि परिवार र साथीभाइको शुभकामनाका साथ विवाह गर्न गइरहेका छौं ।
हामी यो साझा गर्न पाउँदा खुसी छौं कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ। रिसेप्शन मुम्बईमा हुनेछ। हामी नयाँ यात्राको थालनी गर्न जाँदैछौं, हामी संस्कृतिहरूको मिलनका लागि तपाईंको आशीर्वाद र माया चाहन्छौं, जसको लागि हामी सधैं ऋणी र आभारी रहनेछौं।
रणदीप हुड्डाको विवाहको विवरण सेयर गरेपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका खबर भाइरल हुन थालेका छन् ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाहको विषय पौराणिक कथामा आधारित हुनेछ । विवाह पछि, जोडीले मुम्बईमा भव्य रिसेप्शन दिनेछ, जहाँ सबै बलिउड सेलिब्रेटीहरू उपस्थित हुनेछन्।
रणदीप हुड्डाकी भावी पत्नी लिन लैशराम अभिनेताभन्दा करिब १० वर्ष कान्छी छिन् । रणदीप हुड्डा ४७ वर्षका छन् भने लिन लैशराम ३७ वर्षकी छन् । अभिनेत्री हुनुका साथै लिन लैशराम मोडलिङमा पनि निकै सक्रिय छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार