बारा जिल्ला प्रशासन कार्यालयमा बेथितिको चांङ, नागरिकता वितरणमा सबैभन्दा बढी समस्या
नेपालबहस संवाददाता
मंसिर ११, २०८० सोमबार १५:१६:५६
•सन्तोष पाण्डे
११ मंसिर, बारा । प्रस्तुत तस्विरमा देखिएको लामबद्ध लाइन र भीड कुनै मन्दिर वा मेलाको होइन । यो भीड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भीड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । यदि तपाई कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईँले सहजै सेवा पाउने स्थिति भने छैन । घण्टौँसम्म लाइन बस्नु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ ।
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ ।
कार्यालयमा सेवा लिन आउनेहरूको अत्यधिक चाप हुनु र कार्यालयमा पर्याप्त कर्मचारीहरू नहुँदा सेवा प्रवाहमा समस्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारा बेथितिको चाँङ्ग बनेको छ । जिल्ला प्रशासन कार्यालय बारा अन्तर्गत अधिकृत स्तरका मात्रै ४ जना कर्मचारी नहुँदा नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको कार्यालयले जनाएको छ ।
लामो समयदेखि कार्यालयमा प्रशासकीय अधिकृतहरू नहुँदा सेवाग्राहीहरुलाई सहज रूपमा सेवा दिन नसकेको प्रशासन कार्यालयको पनि स्वीकारोक्ति रहेको छ । कार्यालयमा सेवाग्राहीहरुले सहज रूपमा सेवा नपाउनु र बढी भीडभाड हुनको कारण मुख्यतः कर्मचारी अभाव नै रहेको प्रशासन कार्यालयको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा मात्र होइन यो अन्तरगत रहेका अन्य कार्यालयहरू इलाका प्रशासन कार्यालय कोल्हवी, इलाका प्रशासन कार्यालय सिमरा र इलाका प्रशासन कार्यालय सिम्रौनगढका गरी र ४ जना प्रशासकीय अधिकृत रवाना लिएदेखि अधिकृतबाट हुने सबै काम ठप्प भएको छ ।
नागरिकता लगायतका सेवाहरू सहज रूपमा सेवा दिन सिमरा, कोल्हवी र सिम्रौनगढमा पनि इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । तर कोल्हवी र सिम्रौनगढमा अधिकृत नहुँदा सेवाग्राहीहरु लामो दुरी पार्दै कलैया जिल्ला प्रशासन कार्यालय जाने गरेका छन् ।
अधिकृत नै नहुँदा इलाका प्रशासनको काम ठप्प बने पछि कलैया स्थित जिल्ला प्रशासन कार्यालयमा सेवा लिनेहरूको चाप बढेको छ । इलाका प्रशासन कार्यालय ठप्प भएपछि दैनिक जसो कोल्हवी र सिम्रौनगढका सयौं सेवाग्राहीहरु आएपछि अझ कार्यालयमा चाप बढेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।
छोटो समयको जिम्मेवारी लिएर गएका कर्मचारी समयावधि भित्रै रवाना लिएर गएपछि सेवाग्राही मारमा परेको सापकोटाको भनाई छ । दुई जना अधिकृतले गर्नुपर्ने काम अहिले प्रशासकीय अधिकृत अनिता कुमारी राजलबटले मात्र गरेर भए पनि काम चलाऊ रूपमा सेवाग्राहीहरुलाई सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाको गुनासो छ ।
इलाका प्रशासन कार्यालयहरू रहेका प्रशासकीय अधिकृतहरूको सरुवा भएपछि काम ठप्प भएको कुरा स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले उक्त समस्याको बारेमा आफूले बारम्बार सम्बन्धित माथिल्लो निकायमा घचघच्याइरहेको जानकारी दिए । बारामा वंशज,जन्मसिद्ध जस्ता नयाँ नागरिकता र प्रतिलिपि लिने नागरिकहरूको चाप बढेपछि अन्यौलता सिर्जना भएको प्रजिअ सापकोटाको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहान ८ बजेदेखि नै लाइनमा बसेर पनि काम हुन नसकेको आइतबार कार्यालय परिसरमा भेटिएका सेवाग्राही राम पासवानले दुःखेसो व्यक्त गरे । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउँदा एक दिनको काममा हप्तौँ लाग्ने गरेको र शाखा अधिकृत नहुँदा काम नभई घर फर्किने अवस्था रहेको अर्का एक सेवाग्राहीले बताए ।
प्रशासन कार्यालयमा सबैभन्दा बढी प्रतिलिपि लिन आउने सेवाग्राहीले बढी दुख पाउने गरेका छन् । प्रतिलिपि नागरिकता लिन हप्तादेखि महिनौँसम्म लाग्ने गरेको एक सेवाग्राहीले गुनासो सुनाए । श्रोतः आइएनएस–स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद फरार
बैशाख १८, २०८१ मंगलबार
जलहरीको सुनमा अनियमितता गरेको आरोप लागेका तीनै जनाले पाए सफाई
बैशाख १८, २०८१ मंगलबार
नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार