दाङमा कृषियन्त्रको प्रयोग बढ्दै
नेपालबहस संवाददाता
मंसिर १३, २०८० बुधबार ११:१७:५५
१३ मंसिर, दाङ । दाङमा कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । खेती गर्न जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषियन्त्रको आकर्षण बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ शुक्रबार निवासी किसान तिलक विष्ट कृषि व्यवसाय गर्ने मानिसको कमी भइरहेको समयमा साना कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको बताउछन् ।
सानो परिवार भएको समयमा खेती गर्न समस्या भइरहेका बेला कृषियन्त्रको प्रयोगले खेती गर्न सहज भएको उनको भनाइ थियो । उनी भन्छन्“जोत्नसँगै धानलगायतका अन्य बाली दाउनेसमेत व्यवस्था भएपछि सानो परिवारले पनि छोटो समयमा धेरै खेती गर्न सकिन्छ । ”
गोरु नहुँदा खेत अधिया लगाउने मानिस खोज्नुपर्ने बाध्यता भए पनि अहिले प्रविधिको प्रयोगले खेती गरिदिने मानिस खोज्नुपर्ने बाध्यता हटेको भन्दै भन्छन्, “गाउँमा कमाउनका लागि विदेश जाने बढेसँगै गोरु पाल्न छाडिसकेका छन् । जसले गर्दा खेती गर्ने मान्छे नहुँदा जग्गा बाँझो रहने गरेको थियो तर पछिल्लो समय प्रविधिका सहयोगले खेतबारी जोत्नेदेखि धाउनेसम्म व्यवस्था भएपछि अहिले आफैँ लगाउने गरेको छु ।”
उनका अनुसार प्रविधिको सहयोगले कृषि पेसालाई सहज छ । घोराही उपमहानगरपालिका–७ निवासी किसान चेतराम चौधरी विगत चार वर्षयता ट्र्याक्टरको सहायताले धान बोक्ने, दाउनेसँगै खेतबारी जोत्ने काम गर्दै आएको बताउछन् । उनी भन्छन्, “आफू वृद्धसँगै छोराहरु छुट्टिएर सानो परिवार भएकाले खेती गर्न समस्या हुने गरेको थियो । तर प्रविधिको प्रयोगले जोत्नेदेखि बोक्ने र दाउनेसमेत गाउँमै व्यवस्था भएपछि खेती गर्नलाई सजिलो भएको छ ।”
पछिल्लो समय कृषिमा काम गर्ने जनशक्तिको अभावमा खेतबारी बाझो भइरहेको छ । यस्तो अवस्थामा कृषियन्त्रको प्रयोगले किसानलाई सहजतासँगै उत्साहित बनाएको जनाइएको छ । उनी भन्छन्, “गाउँमा गाई नपाल्दा जोत्ने गोरु छैनन् । त्यसैमा अधिकांश घरका पुरुष कमाउनका लागि बाहिर छन् । यस्तो अवस्था अधिकांशको खेतभरि बाझै रहने अवस्था थियो । तर गाउँमा जोत्नका लागि ट्र्याक्टर र दाउनका लाथि थ्रेसर भएपछि अधिकांशले खेती गर्ने गरेका छन् ।”
उनका अनुसार धान काट्न, बोक्न र दाउनका लागि करिब एक महिना लाग्ने गरेको जनाउँदै उनी भनछन्, “पहिले धान काट्ने र घरमा ल्याएर दाउन एक महिना लाग्ने गरेको थियो तर अहिले प्रविधिको सहायताले एक हप्तामै सबै काम सकिन्छ । बचेको समयमा अन्य धेरै काम गर्न सकिने भएको छ ।”
कृषि ज्ञानकेन्द्र दाङका कृषि विज्ञ तथा कृषि प्रसार अधिकृत पृथ्वीराज लामिछाने कृषि पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप यान्त्रीकरणमा सहयोग गर्दै आएकोे बताउँछन् । उनका अनुसार कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनका लागि तीन तहका सरकारले जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरणसँगै बीउ, सिँचाइलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार