मुलुक आर्थिक संकटमा : प्रधानमन्त्रीदेखि राष्ट्रियसभाका अध्यक्षसम्म विदेश सयरमा
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार ११:४०:३०
१४ मंसिर, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमलाई भुकम्पले थिलथिलो बनाएको छ । २०७२ सालको भूकम्पले तहसनहस पारेको संरचना अझै बन्न सकेको छैन । त्यस लगत्तैकाे नाकाबन्दी र कोरोना संक्रमणले मुलुक आर्थिक संकटमा परेको छ । साथै कात्तिक १७ गते राती आएको भुकम्पले थिलथिलो पारेको अवस्थामा एकपछि अर्को गरी उच्च पदस्थ व्यक्तिहरू विदेश सयरमा निस्केका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसंघीय वातावरणसम्बन्धी सम्मेलन 'कोप–२८' मा भाग लिन अहिले साँझ दुबई पुगेका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार भ्रमण दलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, प्रधानमन्त्री पुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका सचिव एकनारायण अर्याल सहभागी हुँदैछन । त्यसै वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा.पपुलर जेन्टल भूसाल, प्रोटोकल अफिसर प्रविन भट्टराई पनि भ्रमण दलमा राखिएको छ । प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापालाई पनि समेटिएको छ ।
साथै सरकारी सञ्चारमाध्यमबाट नेपाल टेलिभिजनका सम्पादक शालिकग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त भ्रमण दलमा राखिएको छ । वन्त भने प्रधानमन्त्री कार्यालयमा फोटोग्राफरको रुपमा काजमा खटिएका छन् । यसै गरी अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा सहभागी हुनेछन् । उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तिलकबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । करोडौंको सरकारी खर्चमा उनीहरू त्यहाँ पुगेका छन् ।
आइतबार राती राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया पुगेका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल अस्ट्रेलिया गएको हो । मुलुकमा आर्थिक संकट परेको भन्दै सरकारले वित्तीय अनुशासन कायम गर्ने वचनबद्धता विपरित उच्च पदस्थ अधिकारीहरू विदश भ्रमणमा जान थालेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम 'यूएनडीपी'को संसद सहयोग परियोजना अन्तर्गत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यूएनडीपी नेपाल र संघीय संसद सचिवालयबीच समझदारी भई संघीय संसद र प्रदेश सभाहरूमा संसद सहयोग परियोजना सञ्चालित छ । प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद र न्यु साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तर्क्रियात्मक कार्यक्रम गर्नेछ । प्रतिनिधिमण्डलमा सुदूरपचिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल, कोशीका उपसभामुख सृजना दनुवार, मधेशका उपसभामुख बबिताकुमारी राउत ईश्वर, बागमतीका उपसभामुख अप्सरा चापागाईं खत्री र लुम्बिनीका उपसभामुख मेनुका खाँड केसी छन् । यस्तै, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव ऋचा पोखरेल पनि भ्रमण टोलीमा छन् । भ्रमण सम्पन्न गरी अध्यक्ष तिमिल्सिना मंसिर १८ गते र टोलीका अन्य सदस्य मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम छ ।
यसअघि शहरी विकास मन्त्रालयका सहसचिव तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ तथा मन्त्रालयका सहसचिव विनु बज्राचार्य एक हप्ता लामो जापान भ्रमण पूरा गरेर गत हप्ता मात्र स्वदेश फर्किएका थिए । स्मार्ट सिटीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन उनीहरू जापान पुगेका थिए । यो कार्यक्रमको सबै खर्च नेपाल सरकारले नै व्यहोरेको थियो । आगामी फागुनमा ५८ वर्षीय उमेर हदको कारण श्रेष्ठ अनिवार्य अवकाशमा जाँदैछन् ।
अवकाशमा जानुअघि उनले विदेश भ्रमण भ्याएका हुन् । कर्मचारीहरू विदेश भ्रमणसम्बन्धी कार्यविधिअनुसार अवकाश पाउनै लागेको कर्मचारीले सामान्यतः विदेश भ्रमण गर्न पाउँदैनन् । अवकाश पाउन लागेका कर्मचारीको विदेश भ्रमण राज्यका लागि अनुत्पादक खर्च हो । तत्कालीन शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि अवकाशको एक साताअघि मात्र असोजमा सरकारी खर्चबाट विदेश भ्रमणमा गएका थिए ।
उनी शहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वमा नेदरल्यान्ड, जर्मनी, फ्रान्स लगायतका देशमा भ्रमण गर्न गएका थिए । भ्रमणमा मन्त्रालयका सहसचिव दिलीप भण्डारी, नगर विकास कोषका कृष्णप्रसाद सापकोटालगायतका कर्मचारी पनि सहभागी थिए । त्यस भ्रमणको करिब एक महिनापछि सहरी विकासमन्त्री सीता गुरुङको नेतृत्वमा अर्को टोलीले यही कात्तिक महिनाको पहिलो साता मलेसिया भ्रमण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
एनआइसी एसिया लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार