अँधेरी खोलामा झोलुङ्गेपुल निर्माण हुन थालेपछि नागरिक उत्साहित
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार १२:३१:२३
१४ मंसिर, धुलिखेल 'काभ्रेपलाञ्चोक' । गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे र मजुवा जोड्ने झोलुङ्गेपुल निर्माण हुन थालेपछि यहाँका नागरिक उत्साहित बनेका छन् ।
वर्षौँदेखि खोलामा पुल नहुँदा किसानलाई खेतीपाती र बालबालिकालाई विद्यालय आवतजावतका लागि घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । पुल निर्माण सुरुपछि यहाँका बासिन्दामा उत्साह थपिएको छ । सङ्घीय सरकारको ‘झोलुङ्गे पुल कार्यक्रम’अन्तर्गत रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानमा पुल निर्माण अघि बढाइएको हो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष च्यमा लामा थोकरका अनुसार स्वास्थ्यचौकीमा उपचारका लागि जानसमेत सास्ती खेप्नुपरेका यहाँका नागरिकलाई पुल निर्माणले धेरै आशा जागेको छ । सरस्वती प्राथमिक विद्यालय भदौरेका शिक्षिका निर्मला लामाले बालबालिकालाई सहज हुने बताए। “बर्खामा खोला तर्न नसकेर खेतीपाती र गाउँघरमा आपसी सहयोग गर्नसमेत समस्या व्यहोर्दै आएका थियौँ, अब त्यो हट्नेछ ।”
स्थानीय वीरबहादुर लामाका अनुसार सडक सुविधा नहुँदा जिल्लाको विकट डाँडापारि महाभारत गाउँपालिकाको गोकुले र घर्तिछापका नागरिकले सदरमुकाम धुलिखेल आवतजावत गर्ने मुख्य नाका रहेको सो ठाउँ पछिल्लो समय ओझेलमा परेको बताए । सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कुष्णबहादुर लामाले बर्खाको बेलामा १०–१५ दिनसम्म खोला नघटेर बालबालिका विद्यालय जान नसक्ने अवस्था व्यहोर्दै आएकामा अब यसबाट छुटकारा पाइने विश्वास व्यक्त गरे ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले त्यहाँका नागरिकको सहजताका लागि सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत गाउँपालिकाको साझेदारी र स्थानीय उपभोक्ताको श्रमदानमा आयोजना सञ्चालन भएको बताए । सङ्घीय सरकारको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत स्थानीय तह रोशी गाउँपालिकाको लागत साझेदारी र उपभोक्ता समितिको श्रमदानसहित रु ६९ लाखको लागतमा पुल निर्माण भइरहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
जेठ १०, २०८१ बिहिबार
गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान
जेठ १०, २०८१ बिहिबार
राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ
जेठ १०, २०८१ बिहिबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
एकीकृत समाजवादीले संसदको गतिरोध अन्त्य गर्न पहल गर्ने
जेठ १०, २०८१ बिहिबार
सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता
जेठ १०, २०८१ बिहिबार