भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार ७:५३:४
१६ मंसिर, चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष 'आइसियु'मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर 'अकुपेन्सी' हुने गरेको छ । एउटा श्यया सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।
उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्यया शुल्क रु दुई हजार मात्र पर्दछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय श्यया छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।
सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन
जेठ ९, २०८१ बुधबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार