ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार २१:५३:८
१६ मंसिर, काठमाडौं । ट्रकले ठक्कर दिँदा आज तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।
पथ प्रदर्शकको निधन
यसैबीच लाङ्टाङ पदयात्रा सम्पन्न गरी फर्कदै गरेका एक पथप्रर्दशक धादिङ धुनीबेँसीका ५० वर्षीय कुमार पाण्डे रहेको मृत्यु भएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार एक विदेशी नागरिकलाई लाङ्टाङ घुमाई काठमाडौं फर्कने क्रममा बास बसेको लामा होटलको कोठामा उनलाई आज मृतावस्थामा भेटिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना, आठ घाइते
भदौ २२, २०८१ शनिबार
दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
भदौ २२, २०८१ शनिबार
खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला
भदौ २१, २०८१ शुक्रबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार