एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जामा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १३:२७:१९
१८ मंसिर, काठमाडौं । एनआइसी एसिया बैंकले सबै प्रकारका कर्जामा ३ प्रतिशतभन्दा बढी प्रिमियम नलिने भएको छ । बैंकले देशको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकमा समस्या परेको निष्कर्षका साथ सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको हो ।
यो निर्णयभन्दा पहिले ऋणीले लिएको कर्जामा पनि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिसकेको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औसत आधारदर १०.७ प्रतिशत रहेकामा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको उल्लेख छ ।बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जालगायतका सम्पूर्ण कर्जामा लागू हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
आर्थिक गतिविधि संकुचन भइरहेको समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई कर्जा भुक्तानीमा सहज हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा तीन सय ६० शाखा, ६ सय ५६ एटिएम, एक सय ११ विस्तारित काउन्टर तथा ५५ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार