सौराहामा गोही संरक्षण मेला हुने
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १३:५३:१३
१८ मंसिर, चितवन । जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ । यही मङ्सिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो । अति सङ्कटापन्न अवस्थामा रहेको घडीयाल गोहीको संरक्षणमा स्थानीय समुदायको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारीका साथै समग्र गोही प्रजातिको दिगो सरक्षण रणनिति तयार गर्न मेला आयोजना गर्न लागिएको हो ।
नयाँ पिँढीमा सरक्षण संस्कृतिको विकास गर्न यो मेला आयोजना गर्न लगिएको मेलाकी संयोजक रञ्जना भट्टले जानकारी दिइन् । केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा गोही प्रजातिसँग सम्बन्धी सूचनामूलक श्रब्य–दृश्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकनका साथै स्थानीय कला, संस्कृति र खानाका परिकारलगायत स्टल राखिने छ । मेला अवधिभर संरक्षणसम्बन्धी नाटक, गीत नृत्यलगायत कार्यक्रम गरिनाका साथै विभिन्न आठ विद्यालयमा संरक्षण शिक्षा सञ्चालन गरिने भएको उनले बताइन् ।
यस मेलाले पर्यटकलाई आकर्षण गर्नाका साथै गोही प्रजातिको संरक्षणमा मद्दत पुग्ने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ्ले बताइन् । नेपालमा घडीयाल र मगर गरी दुई प्रजातिका गोही पाइने गरेको छ । यिनीहरुको सङ्ख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडियाल गोही दुई सय ३९ वटा रहेको छ भने मगर गोहीको गणना हालसम्म भएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन कारागारका ६० जना कैदीबन्दी स्थानान्तरण
जेठ ९, २०८१ बुधबार
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
जेठ ८, २०८१ मंगलबार
घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’
जेठ ८, २०८१ मंगलबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार