देशभरका पत्रकार जागे ,सरकारबिरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १९:२२:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/fnj-banke-1_aLYC9z82Pw.jpg)
काठमाडौं । “पत्रकारिता साइबर अपराध होइन, बिद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर ,प्रेसमाथिका सबै खाले ज्यादती बन्द गर,प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर ,पत्रकार अजुन गिरीलाई तत्काल रिहा गर ” लगायतका नारा लगाउदै नेपाल पत्रकार महासंघको अगुवाईमा आज देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिई बिरोध जनाएका छन् ।
सरकार संविधानले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता बिरोधी हर्कतमा लागेको भन्दै देशैभरका पत्रकारहरु यतिबेला सरकारका प्रेस बिरोधी गतिबिधि तत्काल सच्याउन माग गर्दै जुर्मुराएका हुन् । आज जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिदै समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रताबिरोधी कदम भन्दै बिरोध जनाएका छन् ।
अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको चर्को बिरोध गरेका छन् ।
सरकारले ठगलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्नेमा उल्टै ठगीको समाचार लेख्ने पत्रकारलाई पक्राउ गर्नु लज्जास्पद भएको पत्रकार तथा नागरिक समाजको भनाई छ । पत्रकार गिरीलाई सीआईबीले गत सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ गरेको थियो । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासको उजुरीको आधारमा पत्रकार गिरी पक्राउ परेका हुन । बतासले पोखराकै दुई व्यापारीलाई करोडौं ठगी गरेको बिषयमा पत्रकार गिरीले समाचार लेखेका थिए । ठगिएका ती दुई व्यापारीले बतासबिरुद्ध कास्की प्रहरीमा उजुरी दिएका थिए ।
पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता बिरोधी गतिबिधि भन्दै गल्ती सच्याउन माग गरेका छन् । दवावका लागि बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने तयारी गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
असार १५, २०८१ शनिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार