निर्वाचन आयोगमा दल दर्ताको क्रम जारी, पाँच दलले दिए निवेदन
नेपालबहस संवाददाता
मंसिर २५, २०८० सोमबार १५:२:४७
२५ मंसिर, काठमाडौं । रिक्त हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि अहिलेसम्म पाँच राजनीतिक दलले, दल दर्ताको निवेदन दिएका छन् । दर्ताका निम्ति आह्वान गरिएको दोस्रो दिन सोमबार दिउँसोसम्म पाँच दलले निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लाागि सोमबार दिउँसोसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका हुन् । निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत, नेपाल मजदूर किसान पार्टीले आयोगमा निवेदन दिएका हुन् ।
नेपाली कांग्रेस, जसपा र लोसपा लगायतका दलले निवेदन दिन बाँकी छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि आइतबारबाट दल दर्ताका लागि आयोगले सुचना जारी गरेको थियो । दल दर्ताका मंसिर २९ गतेसम्मका लागि समय दिएको आयोगले जनाएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने राष्ट्रियसभाको २० पदमध्ये माघ ११ गते १९ पदमा चुनाव हुदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार