नेप्सेमा आज पनि उकालो, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा
नेपालबहस संवाददाता
मंसिर २८, २०८० बिहिबार १५:५९:२४
२८ मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । पछिल्ला केही दिनदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा शेयर कारोबार हुने साताको आज अन्तिम दिन पनि कायम रह्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ५५ अंकले उकालो लागेर एक हजार नौ सय ९४ दशमलब ६० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य छ अंकले उकालो लागेर तीन सय ७६ दशमव ३६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ९६ लाख ३७ हजार चार सय ५५ कित्ता शेयर रु तीन अर्ब १५ करोड १६ लाख ३५ हजार सात सय ५० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड चार लाख ७८ हजार चार सय ३१ मूल्य बराबरको कारोबार भयो ।
यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ४९ लाख ८८ हजार सात सय ९१, हाथवे इन्भेस्टमेन्ट रु नौ करोड १३ लाख ७९ हजार आठ सय ३५, शिवम् सिमेन्ट रु नौ करोड १२ लाख १९ हजार सात सय ५८ र आइएमई लाइफ इन्स्योरेन्स रु सात करोड ७५ लाख ८४ हजार तीन सय १२ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्स्योरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, गुराँस लघुवित्त चार दशमलव ९८, मानुषी लघुवित्त चार दशमलव ७८, सिवाइसी नेपाल लघुवित्त चार दशमलव शून्य चार, माछापुच्छ्रे बैंकको ऋणपत्र तीन दशमलव ९६ र ग्लोबल आइएमई ब्यालेन्सका शेयर मूल्य तीन दशमलव ७५ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार