धनुषामा पाँच वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १३:७:४९
२९ मंसिर, धनुषा । धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया बालिका रेखा यादवलाई जबर्जस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको उनको भनाइ थियो ।
बुधबार राति करिब ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाका अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए । बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए ।
अनुसन्धानका क्रममा घटनामा संलग्न दुई जना युवकलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई बलात्कारपश्चात घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनाको नाम प्रहरीले गोप्य राखे पनि उनीहरू क्रमशः ३६ र २५ वर्षका स्थानीय युवक रहेको बताइएको छ । उनीहरूमाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
डलर भन्दै कागजका खोस्टा दिएर पाँच लाख ठगी गर्ने पक्राउ
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार