चीनमा शक्तिशाली भूकम्पको धक्का महसुस, मृत्यु हुनेको संख्या एक सय नाघ्यो
नेपालबहस संवाददाता
पुस ३, २०८० मंगलबार ११:१४:२०
३ पुस, बेइजिङ । चीनको गान्सु प्रान्तमा सोमबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ६.२ मापन गरिएको छ ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC) का अनुसार पश्चिमी चीनको गान्सु प्रान्तमा सोमबार राति १२ बजेर ३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
समाचार एजेन्सी एएफपीका अनुसार चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० नाघेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।
भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि धेरै भवनहरु ध्वस्त भएको बताइएको छ । भवनहरु ध्वस्त भएका कारण धेरै मानिसहरु भग्नावशेषमा पुरिएका छन् । योसँगै छिङहाई प्रान्तको मिन्हे काउन्टी र झुनुआ सालार स्वायत्त काउन्टीमा दुई जनाको मृत्यु भएको छ ।
एस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको लान्झाउबाट १०२ किलोमिटर दक्षिणपश्चिममा ६ माइल गहिराइमा थियो।
चाइना सेन्ट्रल टेलिभिजनका अनुसार छिङहाई प्रान्तको हाइडोङ सहरमा पनि ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
राज्य समाचार एजेन्सी सिन्ह्वाले भूकम्पले भत्किएका घरहरूलगायत व्यापक क्षति पु¥याएको र मानिसहरु सुरक्षाका लागि सडकमा भागिरहेको बताएको छ ।
भूकम्पपछि मंगलबार बिहानैदेखि उद्धार कार्य जारी रहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट प्रभावित जनताको जीवन बचाउन र राहत उपलब्ध गराउन हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार