चीनबाट किनेर ल्याएका पाँच वटा जहाज लिलामी गर्न नेपाल एयरलाइन्सले खुलायो टेन्डर
नेपालबहस संवाददाता
पुस ५, २०८० बिहिबार ११:३०:१२
५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सले चीनबाट खरिद गरेर ल्याएको ६ मध्ये ५ वटा जहाज लिलामीमा राखेको छ । जहाज बिक्रीका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान गरिएको छ । यसमा निवेदन दिने म्याद आगामी माघ गतेसम्म छ ।
यी जहाजबाट नेपाल एयरलाइन्सले निकै ठूलो घाटा ब्यहोरेको छ । जहाज नकिन्न सुझाव दिइए पनि तत्कालिन प्रशासनले यी जहाज किनेर ल्याएको थियो । एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।
यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो दिएन । भाडामा लगाउन पनि निगमले सकेन । भाडामा लगाउने भनेपनि कसैले इच्छा देखाएनन् ।
यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको नेपाल वायुसेवा निगमले जनाएको छ । जहाज मूल्य कबुलबाट बडाबडमा बेचिनेछ । निगमले चीनबाट ६ वटा जहाज ल्याएको थियो । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको छ ।
अन्य ५ वटा जहाजमा दुई वटा एमए ६० र ३ वटा वाई १२ ई बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेर राखेको थियो । आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन सुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेको छ ।
साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएर लिलामीमा राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार