एक अर्बभन्दा बढी बक्यौता रहेका जगदम्बासहित चार ठूला उद्योगको काटियो विद्युत लाइन
नेपालबहस संवाददाता
पुस ६, २०८० शुक्रबार २०:१:२३
६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने ४ उद्योगको लाइन काटेको छ । प्राधिकरणले जगदम्बा स्टिल, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको हो । शुक्रबार अबेर ति उद्योगको लाई काटिएको प्राधिकरणले जनाएको छ ।
यी चार वटा कम्पनीको बक्यौता १ अर्बभन्दा बढी छ । १ अर्बभन्दा बढी बक्यौता रहेका कम्पनीको लाइन आजबाट काट्न सुरु गरिएको प्राधिकरणको भनाई छ । शिवम सिमेन्टको भने लाइन काटिएको छैन । यो उद्योग यसै विषयमा अदालत गएको थियो । प्रधानमन्त्रीको निर्देशनअनुसार अर्बमाथि बक्यौता अरू उद्योगको लाइन आइतबार काटिनेछ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी बक्यौता जगदम्बा स्टिलको छ । जसको ४ अर्ब ३ करोड बक्यौता छ । जगदम्बा मुलुककै सबैभन्दा ठूलो स्टिल उद्योग हो । शिवम सिमेन्टको २ अर्ब ३० करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ८७ करोड, घोराही सिमेन्ट उद्योगको १ अर्ब ३५ करोड, अर्घाखाँची सिमेन्ट उद्योगको १ अर्ब २६ करोड बक्यौता छ ।
६१ वटा कम्पनीले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिएर बक्यौता तिरेका छैनन् । जसको कुल बक्यौता २५ अर्ब रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार