सिद्धार्थ बैंक नारायणगढको वार्षिकोत्सवको अवसरमा रक्तदान
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार १६:४४:२०
६ पुस, भरतपुर । सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको जानकारी दिए ।
उनले बैंकको नारायणगढ शाखाले यसअघि पनि विभिन्न अवसर पारेर वृक्षारोपण, सरसफाइलगायत मानवीय सेवाभावका विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डेयले बैंकका अन्य शाखाहरुले पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतका विविध कार्यक्रम गरी समाज परिवर्तनमा उल्लेखनीय भूमिका निभाइरहेको बताए । प्रमुख पाण्डेयको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रममा भरतपुर–३ का वडाध्यक्ष विकास थापाले नाफामूलक संस्थाहरु पनि समाज परिवर्तनका क्षेत्रमा, सामाजिक कामहरुमा अग्रसर भएर लाग्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि ३ नं वडाका सदस्य माधव अर्यालले रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार