बचतकर्ताको रकम हिनामिना गर्ने सूर्यदर्शन सहकारीसँग किन जोडिए लामिछाने
नेपालबहस संवाददाता
पुस ७, २०८० शनिबार २०:४७:१८
७ पुष, काठमाडौं । । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बचतकर्ताको रकम हिनामिना गर्ने सुर्यदर्शन सहकारीसँग जोडिन पुगेका छन् । शनिबार पोखरा अमरसिंह चोकमा आयोजित सभामा लामिछानेमाथि खोया प्रहार भएको थियो । उनीमाथि खोया प्रहार भएपछि सहकारीसँग उनको सम्बन्ध चर्चामा आएको हो ।
लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेको घटनाले लामिछाने सहकारी प्रकरणमा जोडिन पुगेका छन् । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचत कर्ता हुन् ।
रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जेबी) राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् । राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेका थिए । ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक शेयर लगानी गरेको फेला परेको थियो ।
खोया हान्ने रानाभाटले लामिछानेले समेत सहकारीको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् । यसैबीच लामिछानेले नियोजितरूपमा आफ्नोविरूद्ध प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कान्तिपुरमा प्रकाशित समाचारप्रति कडा प्रतिक्रिया जनाएका छन् । खोया प्रहार गर्नु अगाडि नै समाचार रेडी रहेको उनको दाबी छ ।
ग्यालेक्सी टिभीसँग आफ्नो हिसाबकिताब पहिल्यै क्लियर गरिसकेको पनि रविले बताएका छन् । सूर्य दर्शन सहकारीबाट एक करोड लिएको फर्जी कागज बनाएर आफूलाई फसाउन खोजिएको उनको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार