सरकारीको अनुदानमा हाते ट्रयाक्टर पाएपछि किसान खुसी
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १३:४:५१
८ पुस, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको हो ।
एक कार्यक्रमकाबीच पूर्वसांसद डा. दीपकप्रकाश भट्टले हल्दुखालका ३५ कृषकलाई पावर टिलर हस्तान्तरण गरे । कृषिमा आधुनिकीकरणका साथै व्यावसायिक कृषिमा हाते ट्रयाक्टरले सहजता थप्ने उनले विश्वास व्यक्त गरे ।
भीमदत्त नगरपालिका–७ का अध्यक्ष गणेश चन्दले सरकारी अनुदानमा ५० प्रतिशत कृषकको लागतमा हाते ट्रयाक्टर वितरण गरिएको बताए । “पहिलो पटक ३५ किसानलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । यो ट्रयाक्टर कृषकले आधा सहुलियतमा पाएका हुन्”, उनले भने, “कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।” अनुदानमा ट्रयाक्टर पाएपछि किसान खुसी भएका छन् । खेत जोत्नका लागि अनुदानमा ट्रयाक्टर पाएपछि निकै सहज हुने भीमदत्त–७ का स्थानीय खेमराज भट्टले बताए ।
“गोरु वा भाडामा ट्रयाक्टर ल्याएर खेत जोत्नुपथ्र्यो, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “खेत जोत्नका लागि थोरै समय लाग्नेछ, अनुदानमा ट्रयाक्टर पाउँदा निकै खुसी लागेको छ ।” किसानले अनुदानमा रु एक लाख २५ हजारको लागतमा ट्रयाक्टर पाएका हुन् ।
“बजारमा किन्दा रु साढे दुईदेखि तीन लाखसम्म पर्थ्यो, किन्न सकिने अवस्था थिएन”, उनले भने, “बजार मूल्यको आधा सहुलियमा घरमै ट्रयाक्टर पाएका छौँ, यसबाट हामीजस्ता किसानलाई सहज भएको छ, यसले उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार