निजी क्षेत्र रिसाउने प्रधानमन्त्रीको निर्देशनः विवेकपूर्ण कि विवेकहीन ?
नेपालबहस संवाददाता
पुस ८, २०८० आइतबार १४:१८:२५
६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा निर्देशनले बिहीबारदेखि निजी क्षेत्र तनावमा छ । प्रायजसो यस्ता निर्देशन कार्यान्वयन भएको उदाहरण छैन । तर, प्रधानमन्त्रीको एक वर्ष कार्यकाल सकिन लागेकाले उनले पुस १० भित्र कही नयाँ र प्रभावकारी निर्णय गर्ने तयारी गरिरहेको भन्दै दिएको बिजुलीको पैसा नतिर्ने व्यापारीको लाइन काट्न निर्देशन दिएका थिए । यो यति बेला निकै विवादमा आएको छ ।
मन्त्रालयगत वार्षिक समीक्षा बैठकमा बिहीबार प्रधानमन्त्री प्रचण्डले उर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक राखेर दुइवटा कडा निर्देशन दिए । पहिलो निर्देशन थियो, बिजुलीको पैसा नतिर्ने जति सबै उद्योगीको लाइन तुरुन्तै काट्ने र अर्को जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गरेर राख्नेहरूको अनुमति पत्र तत्काल खारेज गर्ने । यी दुइ निर्णय पुस १० भित्र प्रधानमन्त्रीले गर्न लागेको राष्ट्रका नाममा सम्बोधन गर्दा पुरा भइसक्नुपर्ने भनिएको छ ।
जलविद्युत आयोजनाको लाइसेन्स होल्ड गर्नेहरु खास यो निर्णय नतर्सिए पनि विद्युत लाई काटिने डरले उद्योगी व्यवसायीमा भने त्रास छ । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको भन्दै विद्युत् प्राधिकरणले छुट बिलको पत्र काटेपछि उत्पन्न विवाद प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि थप चर्किएको छ । विवाद समाधान नहुनुमा डेडिकेटेड लाइनमा प्राधिकरणले थप विलकाटेर बदमासी गरेको व्यवसायीको दावी छ । थप विल काटेर प्राधिकरणले पठाएको हो भने प्रधानमन्त्रीले किन नबुझि निर्देशन दिए ।
देशमा लोडसेडिङ भएको वेला प्राधिकरणले प्रचलित दरभन्दा ६५ प्रतिशत महँगो महसुलमा उद्योगलगायतका अत्यावश्यक क्षेत्रमा दैनिक २० देखि २४ घन्टासम्म नै विद्युत उपलब्ध गराएको थियो । विशेष गरी ०७२ साउनदेखि ३१ वैशाख ०७५ सम्म डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली दिइएको थियो । उक्त समयमा महँगोमा बिजुली किनेको भन्दै उद्योगीहरूले सिमेन्टलगायतका उत्पादनको मूल्य बढाएका थिए । ३१ वैशाख ०७५ यता भने लोडसेडिङ अन्त्य भएको थियो ।
जानकारहरुको धनाइमा कानुनअनुसार प्राधिकरणलाई विद्युत महसुल दर तोक्ने अधिकार छैन । त्यसैले प्राधिकरणले ०७२ असारमा निर्धारण गरेको डेडिकेटेड फिडर र ट्रंक लाइन महसुलदर अनुमोदनका लागि तत्कालीन विद्युत महसुल निर्धारण आयोगमा पठायो । आयोगले २९ पुस ०७२ मा मात्रै त्यसलाई अनुमोदन गरेको थियो । तर, कहिलेदेखि लागू गर्ने भनेर मिति तोकिएन । उद्योगहरूले आयोगबाट अनुमोदन भएको मितिदेखि मात्रै लागू गर्नुपर्ने भनेर पहिलाको महसुल तिरेका छैनन् ।
यही विषयमा शिवम् सिमेन्टले सर्वाेच्चमा रिट पनि हालेको थियो । सर्वाेच्चले पनि २९ पुस ०७२ पछिको मात्रै डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको महसुल लिन भनेको थियो । तर, अन्य उद्योगको हकमा के हुने भनेर सर्वाेच्चको फैसलाले खुलाएन । त्यसले गर्दा यो विषय विवादमा छ ।
यहि विषयमा प्रधिकरणले कानुन विपरीत काम गरेको भन्दै अतिरिक्त विलको पैसा किन तिर्ने भन्दै व्यवसायीले प्रश्न उठाएका छन् । उद्योगीको भनाइमा प्रधानमन्त्रीको निर्देशन विवेक पूर्ण र सत्यमा आधारित छैन् । यसैले पनि अहिले निजी क्षेत्रका तीन संस्था डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा एकजुट भएर लोडसेडिङका बेला अतिरिक्त बिजुलीको महसुल बुझाएको र ३ वर्षपछि फेरि बिल काटेर तर्साउन खोजिएको भन्दै उद्योगीले विरोधमा उठेका छन् । डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन भन्दै नेपाल विद्युत् प्राधिकरणले ४ वटा उद्योगको लाइन काटेपछि निजी क्षेत्रका तीन संस्थाहरू एकजुट भएका हुन् ।
शनिबार डेलिगेसनका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले संयुक्त रूपमा यसको विरुद्धमा जाने निर्णय गरेका छन् । एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको संयोजकत्वमा बसेको आकस्मिक बैठकले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा निजी क्षेत्रका तीन वटै छाता संस्था एकजुट भएर अघि बढ्नु पर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीले बिहीबार ठूला उद्योगबाट लाइन काटेर महसुल उठाउन निर्देशन दिएका थिए । लगत्तै प्राधिकरणले शुक्रबार नै सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।
मुलुकमा लोडसेडिङका बेला उद्योगहरूले खपत गरेको अतिरिक्त बिजुलीको महसुल उद्योगीहरूले बुझाउँदै आएको दावी गरेका छन् । अहिले बाँकी भनिएको बक्यौता ३ वर्षपछि फेरि बिल काटेर उद्योगीलाई तर्साउने काम गरिरहेको उनीहरूको दावी छ । प्राधिकरणलाई कुन उद्योग तथा कम्पनीले कति खपत गर्याे भन्ने प्रमाण देखाउन उनीहरूको चुनौती छ । प्रयोगकर्ताले नियमअनुसार तिरेका छन् । नभएको बिल पठाउन नपाइने तर्क व्यवसायीको छ । टीओडी मिटरमा उद्योगले अतिरिक्त बिजुली खपत गरेको प्रमाण देखाउन समेत उद्योगीहरूले चुनौती दिँदै आएका छन् ।
कम क्षमतामा उद्योग चलिरहेकाले तत्काल पैसा तिर्न नसक्ने र प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको प्रमाण देखाउनुपर्ने उद्योगीको भनाइ छ । प्राधिकरणले तथ्याङ्क नदेखाउने तर एकोहोर महसुल तिर निरहेको उनीहरु बताउँछन् । प्राधिकरणले टीओडी मिटर तथा डेडिकेटेड ट्रंकलाइनको तथ्याङ्क सार्वजनिक गरेको छैन । सरकारको यो नीतिले उद्योग व्यवसायीका लागि निरुत्साहित भएको भन्दै डेडिकेटेड र ट्रंकलाइन विषयमा तीन वटै संस्था एकैसाथ देखिएका छन् ।
उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको अवस्थामा सरकारले यो निर्णयले झन् अप्ठ्यारो बनाएको बताउँछन् । अर्थतन्त्र चलायमान बनाउन देशमा उद्योग व्यवसाय गर्ने वातावरण हुनुपर्नेमा बिजुली काटेर सरकारले उद्योग व्यवसायीलाई निरुत्साहित गर्नु कानुनभन्दा माथिको निर्णय भएको उद्योगीको तर्कछ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने व्यवसायीको लाइन काट्ने तयारी गरेको प्राधिकरणलाई गत भदौमा प्रधानमन्त्री पुष्पकमलले नै रोकेका थिए । भदौ १७ मा नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण पछि हटेको थियो ।
त्यसबेला पनि सूचना जारी भएलगत्तै एफएनसीसीआईका अध्यक्ष चन्दप्रसाद ढकाल नेतृत्वको करिब ४० उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले विवादित विषय भएको र समाधान गर्नुपर्ने भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका थिए । हालसम्म ६१ उद्योगको २२ अर्ब रुपैयाँ बक्यौता पुगेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।
प्राधिकरणका अनुसार शंकर समूहको लगानी रहेको जगदम्बा स्टिलको सबैभन्दा बढी अर्थात् ४ अर्ब १४ करोड रुपैयाँ, गोल्यान समूहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड रूपैयाँ, संघाई समूहको लगानी रहेको घोराही सिमेन्टको १ अर्ब ३६ करोड र मुरारका समूहको लगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड बक्यौता छ । प्राधिकरणले यी चार वटा उद्योगको शुक्रबार नै लाइन काटिसकेको छ । उद्योगी व्यवसायीले भने यो विवादित विषय भएको भन्दै महसुल नतिर्ने अडान लिएका छन् ।
लोडसेडिङ अन्त्यपछि पनि डेडिकेटेड र ट्रंकलाइन शीर्षकमा विद्युत् उपयोग गरेको भन्दै ६७ प्रतिशत महागोमा बिल प्राधिकरणले पठाएको उद्योगीले बताएपछि यो विवादित विषय भएको थियो । बिल तिर्नैपर्ने भए टीओडी (टाइम आफ डे) बिल अनिवार्य चाहिने उनीहरूको माग छ । निवेदन दिएर डेडिकेटेड र ट्रंकलाइन जडान गरे ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा दैनिक २० घण्टाभन्दा बढी विद्युत् उपभोग गरे मात्रै उक्त महसुल तिर्नुपर्ने प्राधिकरणकै विद्युत महसुल विनियमावलीमा छ । तर यसविपरीत रकम असुलीको प्रक्रिया अघि बढाइएको उद्योगीहरूको तर्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
मस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार