देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १५:५:४४
९ पुस, चितवन । पवित्र तीर्थस्थल देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी थालिएको छ । देवघाटमा माघेसङ्क्रान्तिका अवसरमा स्वदेशी तथा विदेशी भक्तजन धेरै सङ्ख्यामा आउने भएकाले तयारी थालिएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि सस्पेन्सन डिभिजन कार्यालयमा पत्राचार गरिएको छ । त्यहाँको प्राविधिक टोलीले स्थलगत अध्ययन गरिसकेको र चाँडै आवश्यक मर्मतसम्भार गर्ने उनले जानकारी दिए ।
मेलामा भक्तजनको सङ्ख्या विगतको तुलनामा बढ्ने अनुमान गरिएको छ । बरालका अनुसार यस वर्षको साउन महिनाको सोमबार, सद्विज छर्ने दिन र अन्य विशेष दिनमा भक्तजन बढी आएकाले माघेसंक्रान्तिमा पनि बढ्ने अनुमान गरिएको हो । गत वर्ष माघेसंक्रान्ति मेला भर्न तीन लाख हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको थियो । बरालका अनुसार यो वर्ष पाँच लाख हाराहारी भक्तजन आउने अनुमान छ ।
यसैअनुरुप आवश्यक सुरक्षा, धुनी, ट्राफिक व्यवस्थापन, पार्किङ, सरसफाइ, बत्ती, शौचालय, खानेपानीलगायत व्यवस्थापनका लागि गृहकार्य भइरहेको छ । नदीमा हुनसक्ने दुर्घटनाको पूर्वतयारीका लागि सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायका अङ्ग परिचालन हुँदैछ ।
यही पुस १३ गते चितवन, तनहुँ र नवलपरासीका प्रमुख जिल्ला अधिकारीसहित सरोकार भएकाको बैठक बसेर विभिन्न जिम्मेवारी बाँडफाँट गरिने उनले जानकारी दिए ।
देवघाट कालीगण्डकी र त्रिशूलीको सङ्गममा रहेको छ । एकातर्फ कालीगण्डकी अर्कातर्फ त्रिशूली नदी प्रवाहित भएर यी दुईको सङ्गमस्थल नै देवघाट हो । यहाँ माघेसंक्रान्तिमा देवता पनि स्नान गर्न आउँछन् भन्ने किंवदन्ती रहेको छ । यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार