व्यवसायीको प्रश्न,‘नियमित बिल तिरिरहेका उद्योगको बिजुली किन काटियो’
नेपालबहस संवाददाता
पुस ९, २०८० सोमबार १९:३५:३४
९ पुस, काठमाडौं । व्यवसायीहरूले नियमित बिल तिरिरहेका उद्योगको लाइन काटिएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको जनाएको छ भने नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विवाद उच्चस्तरीय अधिकार सम्पन्न आयोगमार्फत समाधान गर्न माग गरेको छ ।
विगतमा डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुग्दै उद्योगहरूको विद्युत लाइन काटिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले आयोग बनाएर डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्नुपर्ने मध्यमार्गी प्रस्ताव अगाडि सारेको हो । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरूले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताए ।
अहिले थप बिलको मात्र विवाद भएको भन्दै उनले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए । उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् । यस विवादमा सरकारले समाधानको पहल गर्न नसकेको गुनासो समेत उनले गरे । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बिना प्रमाण पैसा मागेर सरकारले बिजुली काटेर उद्योग बन्द गराएको बताए ।
परिसंघले आर्थिक मन्दीले ३० प्रतिशतमा चलिरहेका उद्योगको लाइन काट्नु खेदपूर्ण भएको बताएको छ भने नेउवा महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विवाद उच्चस्तरीय अधिकार सम्पन्न आयोग मार्फत समाधान गर्न माग गरेको छ ।
विगतमा डेडिकेटेड र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवाद टुंगोमा नपुग्दै उद्योगहरूको विद्युत लाइन काटिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले आयोग बनाएर डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्नुपर्ने मध्यमार्गी प्रस्ताव अगाडि सारेको हो ।
उद्योगीहरुका अनुसार यसबारे विवाद भएको समयमा आपूmले निरन्तर विद्युत महसुल बुझाएको र तीन वर्षपछि बिल आएको छ । उद्यमी व्यवसायीहरू डेडिकेटेड र ट्रंकलाइनको उपभोगको नियमअनुसार (टिओडी मिटरको आधारमा) तिर्नुपर्ने रकम तिर्न तयार रहेको बताउँदै आएका छन् । यसबारे कानुनसम्मत रुपमा कुनै उद्योगले तिर्नुपर्ने देखिन्छ भने उक्त उद्योगले भुक्तानी गर्नुपर्ने र नतिर्नुपर्ने देखिएमा जबरजस्ती भुक्तानीका लागि बाध्य गर्न नहुने महासंघको भनाइ रहेको छ ।
सरकार र निजी क्षेत्र यसबारे पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको अवस्थामा यस विषयलाई टुंगोमा पुर्याउन एक उच्चस्तरीय अधिकारसम्पन्न आयोग स्थापना गर्नुपर्ने महासंघको माग छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले विगतमा भएका अध्ययन, अहिलेको अवस्था, टिओडि मिटर आदिको अध्ययन गरि निष्पक्ष राय दिने महासंघले जनाएको छ ।
अन्तिम टुंगो नलागेसम्म विद्युत लाइन काटिएका उद्योगको लाइन जोड्न र अन्य उद्योगको लाइन नकाट्न महासंघले विद्युत प्राधिकरण र अन्य सरोकारवाला निकायहरू समक्ष आग्रह गरेको छ । यो विषय तत्काल सम्बोधन नभए धेरै उद्योग बन्द हुनुका साथै रोजगारी र राजश्वमा समेत असर पर्ने छ । विद्यमान आर्थिक मन्दीका समयमा निजी क्षेत्रका मुद्धालाई गम्भीरतापूर्वक लिई समस्या समाधानमा सरकारले पहल गर्नेमा महासंघ विश्वस्त रहेको जनाएको छ ।
निजी क्षेत्रको भेटमा २०८० भदौ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले लाइन नकाट्न निर्देशन दिएका थिए । त्यसपछि विभिन्न निकायमा यसबारे छलफल भएको र लाइन नकाटी समस्या समाधान हुनेमा उद्यमी व्यवसायी आश्वस्त भएपनि एकपछि अर्को गर्दै विद्युतको लाइन काटिन थालेपछि निजी क्षेत्रको टाउको दुखाईको विषय बनेको छ ।
विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको विषयमा उद्यमी व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच मत भिन्नता रहँदा लामो समयदेखि यो विषय अल्झिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार