पोखरामा अठार लाख पुरस्कार राशिको म्याराथन हुने
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १३:५२:४१
१० पुस, गण्डकी । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता रु १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो ।
मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड 'महिला÷पुरुष', विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए ।
प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला÷पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ । सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए । “म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ”, मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने । “बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार