लुम्बिनीका उद्योगमन्त्री रोज राणाको ‘गुण्डा राज’
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १३:०:१५
१० पुस बुटवल । बेला बेलामा चर्चामा आइरहेन रोज राणा (सरोज थापा) सोमबार लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्थामन्त्रीको शपथ लिएपछि चर्चामा छन् । उनी नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् । उनले कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचन जितेका हुन् । उनले कांग्रेसबाट सहजै टिकट पनि पाए । व्यवसायमा रहँदा निकै चर्चामा आइरहने उनी राजनीतिमा लागेपछि कम चर्चामा छन् ।
गुण्डा नाइके पृष्ठभूमिमा एक ताका थापाले निकै चर्चा बटुले रोज राणाका नामबाट । चर्चामा चाँडो आउन राम्राभन्दा नराम्रा कुराले नै साथ दिन्छ । तर, गुण्डा पृष्ठभूमिबाट गरिने धरैकुरा रोजले गर्न सकेनन्, त्यो बेला पनि । रेष्टुरेन्ट व्यवसायमा हात हालेकाले गुण्डा भनेर चिनिनुपर्ने बाध्यता पनि थियो । एक दुई जनालाई नथर्काई र दुइ चार जना त्यस्तै पछाडी नलगाई नचल्ने व्यवसायमा उनी थिए । संगसंगै फिल्मी क्षेत्रमा उनको लगानी थियो ।
सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे । फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए । आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे । त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो ।
फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो । उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो । त्यो बेलामा काठमाडौँमा नग्न डान्सबारको बिगबिगी थियो । रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो । बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो । अहिलेका उनका सहपाठी र उमेर समूहका धरैले त्यसको मजा पनि लिएका छन् । राजनीतिक दल, कर्मचारी र प्रहरीका हााकिम उनकामा धरै आउथे ।
काठमाडौँमा तत्कालीन एसएसपी थिए, रमेश खरेल । बागबजारमा रहेको टप भिआइपी डान्सबारमा छापा मार्नेक्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जबर्जस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानवबेचबिखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए । रोज मानवबेचविअनको झमेलामा परे । केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे ।
पछि उनले मानव बेचबिखनको अभियोगबाट सफाइ पाएका थिए । त्यसअघि २०७३ साउन ३१ गते मध्यबानेश्वरको एक रेष्टुरेण्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो । बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए । उनी गम्भीर घाइते भएका थिए । एभरेष्ट होटल अगाडी बादुवाको लेनदेन प्रकरणमा एक जना मारिएपछि यो घटना भएको थियो । तर, बालुवा प्रकरणमा रोजको नाम थिएन ।
रोजमाथि आक्रमण गरेको आरोपमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले विवेचना प्रजापति र सूर्य लामालाई पक्राउ गर्यो । उनीहरू पक्राउपछि रोजको हात छिनाल्नेगरी आक्रमण गर्न उनीहरूले ३० लाखमा काम पाएको खुल्यो । राणामाथिको आक्रमणको घटना २०७१ साउन २१ मा काठमाडौंको भीमढुङ्गा भन्ज्याङ नर्सरीमा भएको इन्काउन्टर घटनामा गएर जोडियो । त्यो दिन एमाले निकट अर्का गुन्डा नाइके दिनेश अधिकारी (चरी) प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
नेपालमा खोजी सुरु भएपछि त्यो बेला सुजन पौडेल (रमेश बाहुन) अनि चरी भागेर भारतमा बसेका थिए । रोज पनि उतै थिए । प्रहरीले पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनाएर पक्राउ गरेर नेपाल ल्याएको थियो । तर उनी पक्राउ परेको पोल खुल्दा उनको ज्यान जोगियो । प्रहरीमा आपराधिक रेकर्ड पनि भएको र फरार रहेको गुन्डा नाइकेको चयन गर्दा चरी परे ।
उनी नेपालमा आएर आफ्नो मुद्दा मिलाउने तयारीमा थिए । उनी काठमाडौँमा आएर आफ्नो वकिलसँग भेटगरी धादिङ जाने तयारीमा रहेको सूचना चुहिएपछि ट्रयापमा परेर मारिए । प्रहरीले पच्छ्याउनेक्रममा प्रहरीमाथि प्रहार गर्न खोजेपछि प्रतिकारमा मारिएको दाबी गरेको थियो । भारतबाट ल्याइएका रमेश बाहुन कलङ्कीको खसी बजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागुऔषधमा केन्द्रीय कारागार पुगिसकेका थिए ।
चरीबारे सूचना खुश्बु ओली र रोजलाई थियो । चरीको सूचना प्रहरीसम्म पुर्याउन रोजको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले उनको हात छिनाल्न सुपारी दिएका थिए । रोज राणा उनको नक्कली नाम थियो । मन्त्री हुँदा सक्कली नाममै शपथ खाए । उनी कांग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन । आफूमाथि हमलापछि नै हो उनी रात्रिकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको ।
रोजको राजनीति, सुधारिएको चुल्हो जस्तै हो । राजनीति र उनको पृष्ठभूमिको तादम्यता मिल्दा उनी कांग्रेस निकट भए । जन्मिएको थापाभन्दा बनाएको राणा जातको कारणले उनले आरजु राणा निकट पुग्ने मौका पाए । आरजुको छाँयाले रोजको छविमा पनि परिवर्तन ल्याइदियो र उनको गुण्डा छबि ओझेलमा पुग्यो ।
नेपाली कांग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे । आरजुको आशीर्वादले उनी छोटो समयमै कांग्रेसको राजनीतिमा जम्दै गए । उनी प्यूठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए । २०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित भए पनि मन्त्रीको सूचीमा थिएनन् । संस्थापन पक्षको तारन्तार दबाबपछि चौधरीले संस्थापनइतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए । आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह कांग्रेस संस्थापनइतर समूहले बहिष्कार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार