पक्राउ पुर्जी जारी भइसकेको व्यक्ति खुलेआम घुम्दै : प्रहरीकै भूमिका शंकास्पद, पीडित त्रासमा
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार १७:२३:३३
मुकेशकुमार यादव
१० पुस, सिरहा । सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन । कल्याणपुर नगरपालिका ८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरे पनि कसुरदारहरूलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको हो।
आर्थिक प्रभाव र राजनीतिक दवावका कारण प्रहरीले खुलेआम रुपमा घुमिरहेका ज्यान मार्ने मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गर्न सकेका छैन । पक्राउ पुर्जी जारी गरिएका प्रतिवादीहरु अझै पनि प्रहरीसँगै उठबस गर्ने गरेको स्थानीय बताउँछन् ।
हेमनी देवी शाहले दिएको जाहेरीको आधारमा सिरहा जिल्ला अदालतले गत ८ असोजमै पक्राउ पुर्जी जारी गरेको थियो।करिब ६ महिना अगाडि कल्याणपुर नगरपालिका ८ मझाउका राम भरोस साह, भोला साहलगायत पाचँजनालाई सामान्य विषयमा झै–झगडा हुँदा ज्यान मार्ने नियतले धारिलो हतियार प्रहार गरी घाइते बनाएको पीडित परिवारको आरोप छ ।
साहले झगडामा घाइते भएकाहरु उपचारपश्चात इलाका प्रहरी कार्यालय मिर्चैयामा कल्याण्पुर नगरपालिका ८ का किशारी भन्ने राम किशोर यादव, राम कुमार यादव, डम्बर भन्ने अजयकुमार यादव, अमरकुमार यादव र दिपककुमार यादवविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेका थिए । तर, उनीहरू खुलेआम हिँडे पनि प्रहरीले पक्राउ गर्न नसक्दा पीडित निराश बनेका छन् ।
सिरहा अदालतले उनीहरुलाई पक्राउ गरी अदालतमा हाजिर गराउन निर्देशन दिए पनि प्रहरीले पक्राउ नगरेको देख्दा पीडितहरुमा नै त्रासमा छन् । अदालतको आदेशलाई नै अवज्ञा हुने गरी प्रहरीले आरोपीलाई पक्राउ नगरी उन्मुक्ति दिन खोजेपछि पीडितमा त्रास बढेको हो ।
कल्याणपुर नगरपालिका ८ का वडा अध्यक्ष समेत रहेका किशोरी भन्ने रामकिशोर यादवविरुद्ध समेत मुद्दा परेको छ । तर, उनी अझै नियमित रुपमा वडा कार्यालय पुगेर कार्यसम्पादनमा सक्रिय छन्। जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दासमेत प्रहरी भन्ने अनभिज्ञता प्रकट गर्नुले राजनीतिक दवाव र आर्थिक प्रभावकै कारण उनीहरु खुलेआम हिँडिरहेको स्थानीयहरु बताउँछन्।
वडा अध्यक्ष यादव सत्तापक्षधर पार्टी नेपाली कांग्रेसबाट निर्वाचित बनेका हुन् । उनीहरुलाई पक्राउ नगरेको विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक उद्धव भवन द्विवेदीले मुद्दा शाखामा बुझ्नु भन्दै थप बताउन चाहेनन् । मुद्दा शाखाले यसबारे अनुसन्धान भइरहेको भन्दै थप केही बताउन चाहेनन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पक्राउ नगर्नुले आरोपीलाई बचाउन प्रहरी नै संलग्न भएको हो कि भन्ने पीडितले आशंका गरेका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने प्रहरीको भूमिका पनि शंकास्पद देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार