भ्रष्टाचार विरोधी अभियान चलाएर सरकारले राम्रो काम गरेको मोर्चाको ठहर
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार १२:१३:४४
११ पुस, काठमाडौं । समाजवादी मोर्चाले भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर गरेको छ । संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै जान सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।
समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
मोर्चाको जिल्ला समन्वय समिति गठन गर्ने र प्रमुख शहरहरुमा सन्देश सभाहरु आयोजना गर्ने निर्णय बैठकले गरेको नेता श्रेष्ठले बताए । बैठकमा चार वटा एजेण्डा प्रस्तुत भएका थिए । त्यसमा छलफल नसकिएकाले आजै बेलुका ६ बजे फेरि बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा र सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रहरुले षडयन्त्र गरिरहेको भन्दै त्यसलाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको बताएका थिए । मोर्चाको घोषणाले राजनीतिक वृत्तमा र जनतामा पनि सकारात्मक प्रभाव परेको निष्कर्ष सुनाउँदै उनले यसका गतिविधिलाई थप तीव्रता दिनुपर्ने बताएका थिए ।
बैठकमा नेकपाका महासचिव विप्लव र प्रवक्ता विश्वकर्माले सरकारका कामकारबाहीलाई अझै गुणात्मक रुपले अगाडि बढाउनुपर्ने भन्दै मोर्चाका आगामी कार्यक्रमलाई वस्तुसम्मत ढंगले विकास गर्नुपर्ने बताएका थिए । आफूहरुविरुद्ध जारी भएका पक्राउ पुर्जी नेपालको शान्ति प्रक्रिया तथा लोकतन्त्र र गणतन्त्रविरुद्धकै षडयन्त्र भएको भन्दै विश्वकर्माले टीआरसी विधेयकलाई छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार