ललितपुरको बालकुमारीमा भौतिकमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १३:४७:३६
१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी शुक्रबार आन्दोलनकारीहरुले जलाइदिए । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले बालकुमारीस्थित सडकमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ, जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले भने, बिहानैदेखि ईपीएसको कार्यालयमा धर्नामा बसेकाहरूले मन्त्रीज्यूको गाडी पुगेपछि रोकेर आगजनी गरेका हुन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका मन्त्रीलाई छाडेर फर्किँदै गरेको गाडीमा आगजनी भएको हो । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन ज्वाला पुगेका थिए । आफूलाई बैठकस्थलमा छोडेर गाडी सिंहदरबार फर्किनेक्रममा आगजनी भएको ज्वालाले नेपालबहसलाई बताए ।
‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले छोडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने । अग्नि नियन्त्रकहरु पुगेर आगो निभाउने प्रयास गरेपनि क्षणभरमै गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । उसो त आन्दोलनकारीले मन्त्रीको बा२झ ५८६१ नम्बरको गाडी जलाउँदा अर्को एक सार्वजनिक बसमा पनि ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट बा५ख ८७१७ नम्बरको बस क्षतिग्रस्त बनेको छ । अहिले पनि कोटेश्वर–कलंकी सडक अबरुद्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
अमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
आइतबार ५ अंकले बढेर २५९१ मा बन्द भयो नप्से, ४ अर्ब ८६ करोडका शेयर खरिदबिक्री
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार