साउदी हिँडेका विक्रम विमानस्थलबाटै हराए
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १२:९:५४
१४ पुस, बुटवल । साउदी अरब जान भनी टिकट काटेर विमानस्थल छिरेका पाल्पाका विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालकिा–१ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब जान भनी यही पुस तीन गते मंगलबार घरबाट काठमाडौं पुगेपछि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ ।
११ दिनसम्म छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमासहयोग गरिदिन विक्रमका बुबा जगन्नाथ पंगेनीले सम्बन्धित निकायसँग अपिल गरेका छन् । करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।
फ्लाई दुवईमार्फत २२ डिसेम्बर २०२३ –पुस ६ गते) ००ः४५ मा काठमाडौंबाट उडेर दुवई हुँदै ९ः०० बजे रियाद पुग्ने जहाजको टिकट काटेको विक्रमका दाजु सागर पंगेनीले बताए । शुक्रबार साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको फोनबाट विक्रमले परिवारलाई जानकारी गराएका थिए । त्यसपछि उनी सम्पर्कविहिन छन् ।
आफन्तमार्फत फ्लाई दुवईको काठमाडौंस्थित काउन्टरमा बुझ्दा २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएपछि परिवारजन झनै चिन्तामा रहेको विक्रमका ठूलोबुबा ठाकुर पंगेनीले बताए । फ्लाई दुवईको जहाज छुटिसकेपछि विक्रम विमानस्थलबाट शुक्रबार राति नै बाहिर निस्केको आशंका गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
आज राति ९:४५ बजेदेखि डीभी खुल्दै
असोज १६, २०८१ बुधबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार