नयाँ वर्षमा जनकपुरधाममा एकैदिन आए १० हजार बढी भारतीय पर्यटक
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १४:४:२६
१७ पुस, जनकपुर । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन जनकपुरधाममा १० हजारभन्दा बढी भारतीय पर्यटक भित्रिएका छन् । धनुषा र महोत्तरीका विभिन्न नाकाबाट एकैदिन १० हजार पर्यटक भित्रिएका छन् ।
पर्यटकको आगमन बढेसँगै जनकपुरधामको चहलपहल बढेको छ । भारतको बिहार राज्यबाट जटही नाका भएर सोमबार ५ बजेसम्म ८७६ जिपरकार, मोटरसाइकल र भिठ्ठामोड नाकाबाट ६५६ जिपरकार, मोटरसाइकल जनकपुरधाम भित्रिएको सिमा सुरक्षा बलले जनाएको छ ।
यसबाट जटही र जनकपुरधाम भन्सार कार्यालयले १७ लाख ६ हजार ५ सय २६ राजस्व उठाएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् ।
भारतको बिहार, दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, पञ्चाब, उत्तर प्रदेश, उत्तराखण्डलगायतबाट पर्यटकहरू आएका छन् । पर्यटकलाई लक्षित गर्दै केही होटलहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।
पर्यटकको संख्या बढेसँगै जनकपुरधाममा सवारीसाधन पार्किङको चाप बढेको छ भने जानकी मन्दिरलगायतका मठ– मन्दिरहरूमा चहलपहल बढेको छ । पर्यटकको आगमनसँगै होटल व्यवसायको चाप २५ प्रतिशतले बढेको व्यवसायीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार