ह्वावे कठिन मेहनतपछि पुनः लयमा फर्कियो
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १४:२९:४८
१७ पुस, काठमाडाैं । सन् ह्वावेले सन् २०२३ मा कठिन मेहनतपछि १०० अर्ब डलरको आम्दानी गर्दै कम्पनी पुनः लयमा फर्किएको जनाएको छ । चीनको सेन्जेनमा आधारित प्रविधिको दिग्गज कम्पनी ह्वावेले सन् २०२३ को वर्षमा ७०० अर्ब युआन अर्थात ९९ अर्ब अमेरिकी डलर आम्दानी भएको उल्लेख गरेको छ ।
जुन सन् २०२२ को तुलनामा नौ प्रतिशत बढी हो, उक्त वर्ष कम्पनीको कूल आम्दानी ६४२.३ युआन अर्थात् ९२.४ अर्ब अमेरिकी डलर रहेको थियो । यद्यपि ह्वावेले सन् २०१९ मा कायम गरेको करिब १२३ अर्ब अमेरिकी डलरको तुलनामा न्यून भएको ह्वावेका अध्यक्ष केन हुलेले बताए ।
गत अगस्टमा ह्वावेको मेट ६० प्रो सार्वजनिक भए पश्चात् कम्पनीले राम्रो आम्दानी गर्न सफल भएको हो । विदेशी चिपमाथि पहुँच बनाउन नसक्ने गरी ह्वावेलाई निमिट्यान्न पार्ने अमेरिकी प्रयासका बाबजुद कम्पनीले यस किसिमको अत्याधुनिक डिभाइस बनाएको देखेर यस क्षेत्रका विज्ञहरू चकित छन् ।
चिनियाँ बजारमा ह्वावे एप्पललाई खुम्च्याउँदै अगाडि आउन सफल भएको काउन्टरप्वाइन्ट रिसर्चले उल्लेख गरेको समाचार एजेन्सीहरूले बताएका छन् । सन् २०२३ को सेप्टेम्बरको अन्त्यतिर चिनियाँ बजारमा ह्वावे १० पाँचौं स्थानमा रहेको थियो ।
तेस्रो त्रैमासिकमा कम्पनीले १० प्रतिशतबाट आफ्नो बजार हिस्सा बढाएर १४ प्रतिशत पुर्याएको थियो । ह्वावेको डिभाइस व्यवसायले अपेक्षाभन्दा बढी विस्तार भएको अध्यक्ष हुले मेमोमा उल्लेख गरेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
अमेरिकी नीति निर्माताहरूले जासुसीका लागि चीन सरकारले ह्वावेका उपकरण प्रयोग गर्न सक्ने सम्भावना रहेको र त्यसबाट आफ्नो राष्ट्रिय सुरक्षा खतरामा रहेको दाबी गर्दै आएका छन् ।
तर कम्पनीले भने लगातार रूपमा त्यस किसिमका आरोपको खण्डन गर्दै आएको छ । अमेरिकी प्रतिबन्धका बाबजुद नै गएको वर्ष २०२३ मा भने ह्वावेले आफ्नो बाटो पुनः समात्न सफल भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार