यस्ता छन नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकका एजेन्डा
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १३:४:४२
१८ पुस, काठमाडौं । बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय टोली नेपाल आएको छ । नेपाल-भारत संयुक्त आयोगको बैठक काठमाडौंमा हुँदैछ । सो बैठकका लागि भारतीय ऊर्जा मन्त्रालयको टोली काठमाडौं आइपुगेको छ । दुवै देशका परराष्ट्रमन्त्रीको रोहवरमा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा छलफल हुनेछ ।
विदेशमन्त्री एस जयसंकर भने भोली नेपाल आउँदै छन् । भोलीको बैठकपछि भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदबीच १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । सोही क्रममा दुवै देशका मन्त्रीले तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई मन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् । त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ । भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले सो सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।
नेपाल-भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जाको विषयमा छलफल गर्न भारतको ऊर्जा मन्त्रालयका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । नेपाल–भारत ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय सो बैठकले इनर्जी बैंक बनाउने बारेमा सहमति खोज्ने प्रयास हुनेछ ।
यस्ता छन एजेन्डा:
–दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने
– कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव
– भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव
– नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव
– ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव
– भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव
– नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
किराँत समुदायमा धुमधामका साथ उँभौली मनाउँदै
जेठ १०, २०८१ बिहिबार
बगरमा दुर्लभ पाटे बाघ मृत भेटियो
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
श्रीलंका प्रिमियर लिगमा फिक्सिङको प्रयास : फ्रेन्चाइजी बर्खास्त, मालिक पक्राउ
जेठ १०, २०८१ बिहिबार
सहकारीको मुद्दा लिएर सडकमा कांग्रेसः ७ निर्णय, ७ सन्देश
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार