भारत र चीनको उच्चस्तरीय टोली एकसाथ नेपाल भ्रमणमा
पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको डीपीआर टुग्याउने प्रयास
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १३:२३:२५
१८ पुस, काठमाडौं । नेपाल–भारतका परराष्ट्र मन्त्रीले १३२ केभीएका ३ वटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्ने दिननै चीनबाट पनि उच्चस्तरको टोली नेपाल भ्रमणमा आउने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर आउने दिन नै चीनबाट समेत उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने भएको हो ।
चिनको यूनान प्रान्तबाट चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का डेपुटी सेक्रेटरी सी युगाङको नेतृत्वमा चिनियाँ प्रतिनिधी मण्डल आगामी बिहीबार नेपाल भ्रमणमा आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन चीनबाट समेत पाहुना नेपाल अवतरण गर्न लागेको भन्दै भारतिय पक्षले त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डँग असन्तुष्टि जनाएको थियो ।
भारतिय विदेश मन्त्रीको भ्रमण निकै अघि तय भएपनि त्यही बेला चिनियां नेताको भ्रमण राखेको भन्दै भारतिय पक्षले असन्तुष्टि व्यक्त गरेको स्रोतले दावी गरेको छ । चीनको युनान प्रान्तबाट चीनले नेपाल मामिलामा चांसो राख्दै आएको छ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र पर्यटनमन्त्री सुदन किराती लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतिय पक्षको दबावपछि चिनियाँ नेताको भ्रमण तत्काललाई रोक्न सरकारले चिनियाँ पक्षसंग आग्रह गरेको बताइएको छ । जयशंकर नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउन लागेका हुन् ।
बिहीबार नेपाल–भारतका परराष्ट्र मन्त्रीले १३२ केभीएका ३ वटा प्रसारण लाइनको संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । उच्च स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन् ।
यसका लागि नेपाल भारतबीच मध्यकालीन र दीर्घ कालीन ऊर्जा सम्झौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौं आइसकेको छ । दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार सम्झौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम छ ।
नेपाल भारतका ऊर्जा मन्त्रालयका सह सचिव स्तरीय बैठक आज बुधबार काठमाडौंमा बस्दैछ । यस बैठकमा इनर्जि बैंक बनाउनबारे सहमतिको प्रयास हुनेछ । सहसचिव स्तरमा सहमति भयो भने यो एजेन्डालाई पुस २०–२१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइने छ । भारतीय विदेश मन्त्री एस जयशंकर भने बिहीबार बिहान नेपाल भ्रमणमा आउँदैछन् ।
उनीसँगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउँदै छन । भारतीय वायुसेनाको विशेष विमानबाट विदेश मन्त्री जयशंकर सहितको टोली बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ । विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट सँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन । राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रि भोजमा संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सँग सामूहिक भेटघाट हुनेछ ।
भारतीय समकक्षीको भ्रमणलाई महत्वपूर्ण र उपलब्धि मूलक बनाउने गरी गृहकार्य भइरहेको छ । ०४४ मा गठित संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको यो चौथोपटक हो ।
विगतमा झैँ यस बैठकमा पनि जलविद्युत, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, व्यापार, सिँचाइ तथा डुबान, कृषि, विकास सहयोग, स्वास्थ्य, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डामा छलफल गर्ने तयारी छ । परराष्ट्रले सरोकारवाला मन्त्रालयबाट यीसहित सीमा व्यवस्थापन, ऊर्जा र जलस्रोत, शिक्षा, सुरक्षालगायत विषयमा अहिलेसम्म ४० भन्दा बढी एजेन्डा प्राप्त गरिसकेको स्रोतको भनाइ छ ।
दिल्लीमा भएको छैटौँ बैठकमा नेपाल–भारत सीमाका विषय स्थापित संयन्त्रमा छलफल गर्ने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका वेला स्थापित संयन्त्रबाट सीमालगायत विषय छलफलबाट अघि बढाउनुपर्ने धारणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राखेका थिए । ‘नेपाल–भारत सम्बन्धको समग्र पक्षमा छलफल गर्ने उच्चस्तरीय बैठक हुनाले यो बैठकमा सबै विषयले प्रवेश पाउँछ,’ एक जानकार कूटनीतिक अधिकारीले भने । बैठकमा प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायत विषयले पनि प्रवेश पाउनेछ ।
सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) बारे पनि बैठकमा छलफल हुनेछ । बिडब्लुजीको बैठक चार वर्षदेखि बस्न सकेको छैन । सन् २०२२ मा त्यसको अवधि सकिएकोमा अब के गर्ने भन्ने छलफल हुने एक कूटनीतिक अधिकारीले बताए । शीर्ष नेताहरूको तहमा भएका द्विपक्षीय सहमति र सम्झौता कार्यान्वयन, एकीकृत जाँच चौकी, काठमाडौं–रक्सौल रेलमार्ग, जलविद्युत परियोजना निर्माणलगायत विषयमा पनि बैठकमा छलफल हुनेछ ।
अधिकारीका अनुसार पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) चाँडै टुंग्याउने विगतका सहमतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । नेपाल–भारत हवाई रुट, सीमा क्षेत्रमा हुने गरेका डुबान, पानीको निकासी अवरोध हुने गरी निर्माण भएका बाँध, अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय मामिलामा सहकार्यबारे पनि बैठकमा छलफल हुनेछ ।
०४४ मा गठित संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको यो चौथोपटक हो । २ माघ ०७७ मा दिल्लीमा आयोगको छैटौँ बैठक बसेको थियो । तीन वर्षपछि सातौँ बैठक हुन लागेको हो । विदेशमन्त्री जयशंकरले ४ भदौ ०७७ मा काठमाडौंमा भएको पाँचौँ र त्यसपछि दिल्लीमा भएको छैटौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए । नेपालबाट पाँचौँ र छैटौँ बैठकको नेतृत्व तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार