ओलीले मागे ५ सीट, तीन सीट लिए सहमति हुनसक्ने
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार २१:२२:१८
१८ पुष, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको सिट भागवण्डामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि छिरेपछि सत्ता गठबन्धनमा समस्या थपिएको छ । गठबनधनभित्रै कुन दलले कति सीट पाउने भन्ने टुंगो नभइरहेका बेला एमालेलाई छुट्याएर बाँकी रहेका सीटमा मात्र भागबण्डा गर्नुपर्ने अवस्थामा गठबन्धन पुगेको छ । गठबन्धनको छलफल सकिएपछि बालुवाटार छिरेका ओलीले कम्तिमा ५ सीट मागेका छन् ।
ओलीले राष्ट्रियसभामा सहमति गरेर जाने हो भने एमालेका ९ जनाको सीट खालि हुँदैछ । त्यसमा आधी पाउनुपर्छ भन्ने माग हो । त्यसमा तपाइहरुबीच छलफल गर्नुपर्ला । ओलीको भनाई सुनाउँदै एक नेताले नेपालबहसलाई भने राष्ट्रियसभामा सहमति अनुसार विपक्षीलाई पनि समेटेर लाने र यथोचित सम्मान दिन हो भने यसपछिका विषयमा पनि सहमति गरेर जान सकिने ओलीको भनाई थियो ।
ओलीले ५ सीटको प्रस्ताव राख्दा प्रधानमन्त्री प्रचण्डले हासेर टारेका थिए । एमालेको यस्तो प्रस्ताव छ भनेर भोली विहानको बैठकमा राख्ने प्रधानमन्त्रीले बताए । कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच तीन सीट सम्म मिलाउन सकिनेमा सहमति भएको छ । एमालेलाई यो निर्वाचनमा शुन्यमा पुर्याउदा भोली अरु सहमति गर्नेपर्ने विषयमा समस्या आउने भन्दै प्रधानमन्त्री प्रचण्डले नै देउवालाई एमालेलाई बोलाउ भनेका थिए ।
ओलीसँग राष्ट्रियसभाबाहेक भारतीय विदेशमन्त्री एस जयशंकरको नेपालमा हुन लागेको भ्रमण र त्यसमा नेपाल सरकारले गर्ने छलफलको एजेन्डाको बारेमा छलफल भएको थियो । ति नेताले भने दुई वटा विषयमा छलफल भयो । भोलि भारतीय परराष्ट्रमन्त्री नेपाल आउँदै हुनुहुन्छ । भारतसँग भएको कतिपय सन्धिका कुराहरु छन् । पञ्चेश्वरका विषयहरु छन् । त्यसमा कसरी जाने भन्ने छ । महाकाली सन्धि जो बनेको छ । त्यसमा उल्लेख भएका कुराहरुलाई कसरी हामीले उहााहरुसाग बसेर कुराकानी मिलाएर जान सकिन्छ ? यी विषयहरुमा प्रधानमन्त्री प्रचण्ड, सभापति देउवा र अध्यक्ष ओलीबीच छलफल भयो ।
कांग्रेस र माओवादीसँग एमालेले मागअनुसार सिट दिन नसक्ने अवस्था छ । कांग्रेस दलबाट जति सांसदको कार्यकाल सकिन्छ, त्यसभन्दा कममा चित्त बुझाउने पक्षमा छैन भने सत्ता गठबन्धनका अरु दललाई पनि मिलाउनुपर्ने दबावमा प्रधानमन्त्री प्रचण्ड छन् । कम्तीमा ३ सिटमा एमाले तयार भए भोली हिानको बैठकमै सहमति जुटछ, ति नेताले भने । सत्ता गठबन्धनको बैठक बिहीबार विहान ९ बजे बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार