तेजपात मूल्य लगातार घटेपछि किसान निराश
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १४:१०:२८
२० पुस, बेलबारी 'मोरङ' । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।
मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका झाङ लगाएका छन् । वर्षमा एक पटकमात्र काट्न मिल्ने तेजपातको उत्पादनका हिसाबले कम मूल्य पाएको उनले बताए । ठकुरीले करिब १४ वर्षअघि लगाउनुभएको उक्त झाङले चार वर्षअघिदेखि उत्पादन दिन थालेका हुन् ।
तीन वर्षसम्म प्रतिकेजी रु ५० मा बिक्री गरेको तेजपात गत वर्ष रु ४० मा बिक्री गरिएको ठकुरीले जानकारी दिए । “एउटा रूखमा १५ देखि २० किलोसम्म सुकेको तेजपात उत्पादन हुन्छ”, उनले भने, “सय रूखबाट वार्षिक ५० हजारसम्म कमाउन सकिन्छ ।”
ठकुरी जस्तै केराबारी–२ का देवीबहादुर ठकुरी र अटल सिंह राईले पनि तेजपातको व्यावसायीक खेती गर्दै आएका छन् । यहाँ उत्पादित तेजपात केराबारी, लेटाङ बजार र सुनसरीको धरानमा बिक्री हुने गरेको राईले बताए ।
विगत दश वर्षयता तेजपातको खरिद–बिक्री गर्दै आउनुभएका लेटाङका लोकहादुर लिम्बूले भने, “नेपालमा प्रशस्त मसला उद्योग खुलेकाले तेजपातको भारततर्फ निकासी घटेको छ । भारतीय व्यापारीको तुलनामा नेपाली व्यापारीले कम मूल्य दिने गरेकाले किसानले उपयुक्त मूल्य नपाएका हुन् ।” नेपाली तेजपातको माग स्थानीय बजारमा उच्च रहेको उनको भनाइ थियो ।
मोरङका उत्तरी भेगका पहाडी पालिका र धनकुटा, पाँचथर र इलाम जिल्लाका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ र केराबारी बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ ।
केराबारी–२ सिंहदेवीमा तेजपात सङ्कलन गरी लेटाङ बजारमा बिक्रीका लागि आएकी देवी ठकुरीले तेजपातको व्यावसायिक उत्पादन हुन थालेको बताइन् । उत्तरी मोरङका धेरै किसानले खेतबारीमा तेजपात लगाएका उनको भनाइ थियो । “एक वर्ष राम्रो बाली दिएको बोटले अर्को वर्ष आम्दानी खासै दिँदैन । पहिले दाउराका लागि रोपिने तेजपात किन्न गाउँगाउँमा व्यापारी पुग्न थालेपछि किसानले बारीमा थप बिरुवा रोप्न थालेका छन्”, उनले भनिन् ।
विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा विराटनगर भन्सार कार्यालयबाट रु आठ करोड ५७ लाख ३० हजार मूल्य बराबरको एक हजार दुई सय ७५ मेट्रिक टन तेजपात भारत निकासी भएको थियो । चालु आर्थिक वर्षको मंसिरसम्ममा रु दुई करोड ८१ लाख छ हजार मूल्य बराबरको चार सय मेट्रिक टन तेजपात निर्यात भएको छ ।
नेपालको महाभारत पर्वतीय शृङ्खलामा समुद्री सतहबाट एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उच्च क्षेत्रमा तेजपातको रूख हुने गरेको छ । यो एक सदाबहार ठूलो झ्याम्म परेको रूख हो । यसको पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । यसको वर्षमा एकपटक असोजदेखि चैतसम्म रूखको हाँगाहरू भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात सङ्कलन गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
होस गरौँ, एआइले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार