न्यायिक आयोग बनाएर तत्काल विवाद समाधान नगरे नेपालमा उद्योगीहरु बस्न सक्ने स्थिति रहँदैनः ढकाल
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १३:२७:१५
२१ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइन विवाद निकै गम्भीर परिस्थिति निम्त्याउने तिर अगाडि बढेको बताएका छन् । उनले नेपालमा व्यवसाय गरेर बसिरहेका उद्योगीहरुले यो समयमा नेपालमा सरकार छ भन्ने अनुभूति नगरेको दावी गरेका छन् । ढकालले सरकारले चासो नलिने र नेपाल विद्युत प्राधिकरण आफ्नो हठमा बसिरहने हो भने उद्योगीहरुले आफ्नो लगानीबारे सोच्नुपर्ने बेला आएको उनको चेतावनी छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले आफूले संस्थागत र व्यक्तिगत रुपमा यो विवाद मिलाउन धेरै प्रयास गरेपनि सफल हुन नसकेको बताए । उनले भने, ‘अहिले उद्योगीलाई नेपालमा सरकार छ र हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास हुन छाडेको छ । यही अवस्थामा उद्योग चलाउन सक्ने अवस्था रहँदैन र छैन पनि । निरन्तर घाटा ब्यहोरेर उद्योग चलाइरहेका उद्योगीहरु केही सहज हुँदै गएका थिए । यस्तै हो भने नेपालमै बसेर उद्योग चलाउन सकिन्छ भन्ने अवस्था रहन्न । सरकारले चाडौ डेडिकेटेड र ट्रंकलाइन विवादको अन्त्य गरोस् ।’
ढकालले अहिले नै ८५ हजारभन्दा बढी व्यक्ति रोजगारी गुमाउने अवस्थामा पुगेको बताए । सरकारले देख्दा संख्या सानो होला तर, यही अवस्थामा विवाद जाने हो भने भोली काम गरिरहेका सबै मजदुरहरू बेरोजगार बन्ने अवस्था आउने उनको भनाइ छ । उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद समाधानका लागि न्यायिक आयोग बनाउन उनको माग छ ।
उनले उद्योगी व्यवसायी र प्राधिकरण बीचको डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान तत्काल नगरे उद्योग व्यवसायमा ठूलो असर पर्ने बताए । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्दा ८५ हजारले रोजगारीको अवसर गुमाएको उनको भनाइ छ । गुमेको रोजगारी फिर्ताका लागि पनि तत्काल डेडिकेटेड र ट्रंकलाइन विवाद समाधान गर्नुपर्नेमा उनको जोड छ । उनले रोजगारीको भन्दा पनि भोलि नेपालमा उद्योगहरू रहने कि नरहने भन्ने प्रश्न उठेको दावी गरे ।
यसको समाधान सरकारका सम्बन्धित निकायहरूले गर्नुपर्ने र नसके सरकारले यसको पहलकदमी लिएर समस्या समाधान गर्नुपर्ने उनको धारणा छ । डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउन नसके धेरै उद्योग, व्यवसाय प्रभावित हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार