आइतबारको केन्द्रीय समिति बैठकपछि राष्ट्रिय सभाका उम्मेदवारहरुको नाम टुंगो लगाउने देउवाको तयारी
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १६:२९:५९
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो केन्द्रीय समितिको बैठकपछि लगाउने भएका छन् । सत्ता गठबन्धनमा आइतबार बिहानसम्ममा सीटको भागबण्डा गरिसक्ने र दिउँसो बस्ने केन्द्रीय समितिको बैठकपछि यसबारे पदाधिकारीमा छुट्टै छलफल गरेर नाम टुंगो लगाउने देउवाको तयारी छ ।
अहिलेसम्म प्रदेशबाट आएका नामहरुमा कलस्टर मिलाउने काम भइरहेको छ । देउवा निकट एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार आइतबार साँझसम्ममा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसबाट को को उम्मेदवार हुने भन्ने टुंगो लागिसक्नेछ । प्रदेशबाट सिफारिस भएर आएकामध्ये बढीमा ११ जनाले अवसर पाउनेछन् । देउवाले राष्ट्रिय सभाका विषयमा इतर समूहका नेताहरूसँग पनि छलफल गरेका छैनन् ।
इतर समूहका नेता डा शेखर कोइराला र सभापति देउवाबीच अनौपचारिक रुपमा मात्रै कुराकानी भएको छ । ति नेताका अनुसार कोइरालाले आफ्नो समूहबाट कसलाई उम्मेदवार बनाउने भन्ने कुरा देउवासमक्ष राखिसकेका छन् । कोइरालाले पनि आफ्नो समूहमा राष्ट्रिय सभामा नाम पठाउने नेताहरूको बारेमा औपचारिक छलफल गरेका छैनन् । गठबन्धनमा सहमति भएर कांग्रेसले पाउने सीट टुंगो लागेपछि आफ्नो समूहमा छलफल गर्ने कोइरालाको तयारी छ । तर, यसको समय भने सोमबार बिहानसम्म मात्रै छ ।
निर्वाचन आयोगले पुस २३ मा उम्मेदवारको मनोनयन राखेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयन पत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले स्पष्ट गरिसकेको छ । तर, पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा न देउवाले कोइरालासँग औपचारिक छलफल गरेका छन न कोइरालाले नै आफ्ना समूहसँग औपचारिक छलफल गरेका छन् ।
सत्ता गठबन्धनमा सहमति गर्ने भन्दै देउवाले आजका लागि बोलाइएको केन्द्रीय समितिको बैठक भोलि आइतबारका लागि सारेका थिए । तर, आज पनि गठबन्धनमा सहमति हुने संकेत देखिएको छैन । गठबन्धनले एमालेसँग सहकार्य नगर्ने निर्णय भने गरिसकेको छ । गठबन्धनमा सहमति खोज्न स्थगित भएको कांग्रेसको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । केन्द्रीय समितिको बैठकमा पनि राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार